कांग्रेसमा डा. शेखरको धैर्यता र देउवाको दादागिरी
यज्ञप्रसाद भट्टराई
कात्तिक ११, २०८० शनिबार २०:४७:३२
नेपाली कांग्रेसमा अहिले नेतृत्वको होडबाजी चलिरहेको छ । पार्टी भित्र रहेका यथास्थितिवादी नेतृत्व र पार्टीलाई समय सापेक्ष जनताको भावना र चाहना अनुरुप रुपान्तरण गर्दै लैजानुपर्छ भन्ने परिवर्तनकारी युवा नेतृत्वको विचमा निक्कै ठुलो शक्ति संघर्ष चलिरहेको छ । पार्टीको बर्तमान नेतृत्व अहिलेको पार्टी संगठन र जनमतलाई भरपुर उपयोग गरेर आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा छ भने पार्टीलाई रुपान्तरण गरेर भविष्यमा पनि पार्टी संगठनलाई मजबुत बनाएर लैजानुपर्छ भन्ने अर्को पक्ष रहेको छ जसलाई पार्टीको ईतरपक्षका रुपमा परिभाषित गरिएको पाइन्छ । पार्टीलाई यथास्थितिमा राखेर नयाँ उम्रिएका राजनीतिक दलहरुसँग नेपाली कांग्रेसले अबका आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न अब हम्मेहम्मे पर्ने देखिन्छ ।
नेपाली जनताले नेपाली कांग्रेसलाई साथ र समर्थन नदिएका भने होइनन् र अझै पनि दिइरहेकै छन् । नेपाली जनताको निस्वार्थ समर्थनको अनुचित फाइदा उठाउने केही थान गलत नेतृत्वका कारण मात्रै नेपाली कांग्रेस अहिले जनताको नजरमा खस्कदै र ओझेलमा पर्दै गैरहेको देखिन्छ । अहिले पनि नेपाली कांग्रेसका लाखौं नेता तथा कार्यकर्ताहरु भ्रष्ट नेतृत्वलाई पार्टीबाट बिस्थापित गराउन सके नेपाली कांग्रेसलाई पुरानै अवस्थाको कांग्रेस, जनताको कांग्रेस र भरोषाको कांग्रेस बनाउन सकिने विश्वासमा छन् तर जनताका आशा र चाहना एकातिर अनि भ्रष्ट नेतृत्वको ध्यान केवल देश र जनता लुटेर द्रब्य संकलन तिर भएपछि नेपाली कांग्रेसप्रति नेपाली जनताको भरोषामा क्षयीकरण हुँदै गएको कुरामा शन्देह मान्नुपर्ने कुनै ठाउँ नेतृत्वले छाडेको पनि छैन ।
नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनदेखि नै पार्टी भित्र रुपान्तरण र पार्टीलाई लोकतान्त्रीकरण गर्न भनेर केही युवा नेताहरु परिवर्तनको पक्षमा नउभिएका होइनन तर सधै सत्तामा रहेर देश र जनतामाथि सेवा होइन शासन गर्ने पार्टी भित्रको प्रौढ नेतृत्वलाई बिस्थापित गर्न सकेनन् । बिगतमा भएको चौधौं महाधिवेशनमा पार्टी रुपान्तरणको मुद्दा लिएर डा. शेखर कोइरालाले पार्टी भित्र अत्यन्तै चर्चित र भोलीको पार्टी र देश हाँक्न सक्ने युवाहरुका साथमा पार्टी सभापतिमा उम्मेदवारी दिए पनि उनले सभापति जित्न सकेनन् । फलस्वरूप नेपाली जनतामा र नेपाली कांग्रेस भित्र रुपान्तरण र परिवर्तनको मुद्दा फेरि एकपटकका लागि ओझेलमा पर्यो ।
बिगतमा पार्टी भित्र प्रतिशतका आधारमा भाग खोज्ने सभापतिले डा. शेखर कोइरालालाई पार्टी नेतृत्वले प्रदान गरेको ४०% भन्दा बढी मतलाई महत्व दिन आवश्यक ठानेनन् । जसका कारण महाधिवेशन पछि पार्टी मजवुत भएर जानुभन्दा झनझन गुटगत राजनीतिको सिकार बन्दै गैरहेको छ । नेपाली कांग्रेसको जिवनकालमा कहिल्यै नबेहोरिएको हार र पार्टीलाई एक्लै चुनाव लडन नसक्ने अवस्थामा ल्याइपुर्याएर बर्तमान कांग्रेस नेतृत्व आफुले महान राजनीतिक उपलब्धि हात पारेको स्वाङ रचिरहेको देखिन्छ ।
नेपाली कांग्रेसका झण्डै आधा नेता तथा झण्डै ७० प्रतिशतभन्दा बढी कार्यकर्ताहरुको साथ पाइरहेका डा. शेखर कोइरालाको धैर्यतालाई सभापति देउवाले बुझ्न नसक्दा कोशी प्रदेशमा बिष्फोटनको सामना गर्न बाध्य हुनुपर्यो । शेखरको धैर्यतामा सधै देउवाको दादागिरी चल्दैन भन्ने कुराको गतिलो झापड कोशी प्रदेशका ईमानदार प्रदेशसभा सांसदहरुले दिइसकेका छन् ।
जनताका आँगनदेखि सरकार सञ्चालनका निकायसम्म केवल जनताका आवाज बोल्ने एकमात्र नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको नेतृत्वले बाटो बिराउन थाल्यो भने त्यसका बिरुद्धमा ढाल बनेर उभिन्छन् । जनताका समस्या समाधानका लागि सरकार र प्रधानमन्त्री समेतलाई खरो खवरदारी गर्ने कोइराला नेपाली कांग्रेस माओबादीको त्यसमा पनि प्रचण्डको कठपुतली बन्दै गएकोमा आक्रोशित देखिन्छन् ।
नेपाली जनताले नेपाली कांग्रेसलाई कहिल्यै बिर्सन सक्दैनन् । वीपी. को संगत गरेका र वीपी. को आदर्श बुझेका नेपालीहरुले नेपाली कांग्रेस बिर्सने कुरै भएन । अहिलेको युवा पुस्तालाई वीपीको आदर्श र विचार पढाउने सद्बुद्धि बर्तमान कांग्रेसको नेतृत्वलाई कहिल्यै पनि आएन । नेपाली कांग्रेसप्रति नेपाली जनतासँगको छुटेको र टुटेको सम्बन्ध जोडन अहिले नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला देशका कुनाकुनासम्म पुगिरहेका छन् । जनताका गुनासा र समस्या सुनिरहेका छन् । पार्टीलाई समय सापेक्ष रुपान्तरण कसरी गर्न सकिन्छ भनेर विपीका समकालीन नेताहरुसँग सल्लाह लिइरहेका छन् । राजनीतिबाट अवाक भैसकेका नेपाली युवाहरुलाई राजनीतिमा कसरी ल्याउन सकिन्छ भनेर पहल गरिरहेका छन् ।
गुण्डाराजमा रमाएको बर्तमान कांग्रेस नेतृत्वलाई नेपाली जनताको विश्वासिलो पार्टी बनाउन र नेपाली जनतामा सरकार प्रतिको नकारात्मक भावनालाई चिर्दै सरकारले जनताका पक्षमा पनि काम गर्न अब डा. शेखर कोईरालाको धैर्यताको बाँध फुटन सक्ने शंकेत देखिदैछ । मौनतालाई हतियार बनाएर पार्टी भित्र भाँडभैलो मच्चाउनेहरुलाई सवक सिकाउँदै लोकतन्त्रको पर्यायका रुपमा नेपाली कांग्रेसले मात्रै काम गर्न सक्छ भनेर नेपाली जनतालाई विश्वास दिलाउदै नेपाली जनतामा नेपाली कांग्रेसप्रति आत्मविश्वास जगाउन पनि शेखरको नेतृत्वमा सरकार गठन गर्न आवश्यक भैसकेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार