गुटरेसको सम्बोधनपछि संसद स्थगित, टीआरसी र सम्पती शुद्धीकरण विधेयक अर्को अधिवेशनमाः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १४:५९:२९
१२ कात्तिक, काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरेपछि चाल संसद अधिवेशन अन्त्य गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यो सदनबाट सम्भव नभए अर्को अधिवेशनबाट पारित गरिने जानकारी दिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले सो विधेयकका बारेमा ब्रिफिङ गरेका दिए । उनले टीआरसी विधेयक टुंगो लगाउन अझै एक÷दुई दिन पहल गर्ने र नभए अर्को अधिवेशनबाट पास गर्ने बताए । टीआरसी विधेयक हाल संसद्को कानुन समितिमा छ ।
समितिले उपसमिति बनाएर काम गरेको थियो । महत्वपूर्ण चार बुँदाबाहेक अरू विषयमा सहमति जुटाएर उपसमितिले कानुन समितिलाई प्रतिवेदन बुझाएको छ । नमिलेका चार बुँदामा शीर्ष नेताबाट सहमति खोज्ने प्रयास भइरहेको छ ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले पटक–पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । तर, सहमति भएको छैन् । उपसमितिको प्रतिवेदनमा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या÷दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा नमिलेको उल्लेख छ ।
यस्तै, उपसमितिमा सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूको कसरी सम्बोधन गर्ने, मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप गर्न पीडितको स्वतन्त्र सहमति गर्ने विषय मिलेको छैन ।
उपसमितिमा घटी सजायका सम्बन्धमा ‘आधार–कारण’ खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा पनि सहमति जुटेको छैन । यी विषयमा सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
कात्तिक १४ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्का संयुक्त बैठकमा सम्बोधन गरेपछि सदनको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए । राष्ट्रसंघका महासचिवले सदनलाई सम्बोधन गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको उनले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदको घटनाक्रमबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
संसदको घटनाक्रमबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार