आन्दोलन फिर्ता लिन कलेज प्रशासनको आग्रह
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १३:४३:५
१४ कात्तिक, भैरहवा । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् प्रशासनले आन्दोलनरत विद्यार्थीलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइ शैक्षिक दिनचर्यामा फर्किन आग्रह गरेको छ । विद्यार्थी आन्दोलनले असोजको अन्तिम हप्तादेखि अस्तव्यस्त हुन पुगेको उक्त कलेज प्रशासनले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो ।
विज्ञप्तिमा आन्दोलनको विषयलाई लिएर भोलिका दिनमा कुनैपनि विद्यार्थीमाथि कुनैपनि पूर्वाग्राही व्यवहार र मूल्यांकनमा भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कलेज प्रिन्सिपल प्रा डा लक्ष्मी पाठकको राजीनामासहित ७ बुँदे माग राख्दै उक्त कलेजका एमबीबीएस, बीडीएस र पीजी तहका विद्यार्थी गत असोज २२ गतेदेखि आन्दोलनरत छन् ।
कलेज प्रशासन र आन्दोलनरत विद्यार्थी समूहबिच अहिलेसम्म तीन चरणको वार्ता भएपनि कलेज प्रिन्सिपल पाठकले राजीनामा दिनु पर्ने वा उनलाई अन्यत्र स्थानान्तरण नगरिएसम्म कुनैपनि वार्ता स्वीकार्य नहुने अडान आन्दोलनरत विद्यार्थीले राख्दै आएकाले वार्ताले सार्थकता पाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार