मंगलबारको कारोबारमा १४ अंकले घट्यो नेप्से
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १५:५२:३९
१४ कात्तिक, काठमाडौं । सोमबार झिनो अंकले बढेको नेप्से आज फेरी घटेको छ । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो । सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो ।
उक्त दिन २५ हजार ६ सय २५ वटा कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ५७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो । गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको शेयर मूल्य स्थिर छ । नेप्से परिसूचकमा कमी आएसँगै शेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार