तिहारको पूर्वसन्ध्यामा पोखरामा पुष्प मेला
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार ८:१२:२५
१५ कात्तिक, गण्डकी । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ ।
पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए । उनका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।
“गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भने, “बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।”
एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताए । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ ।
फूलखेती र एशोसियएनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताए । “पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँ–गाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै हुनुहुन्छ”, उनले भने, “पहिले ९० प्रतिशत भारतीय फूलमा निर्भर रहनुपथ्र्यो, अहिले त्यो घटेर १५–२० प्रतिशतमा पुगेको छ ।”
तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डमी प्रदेशमा ४८ नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ ।
व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताए । उनले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गरे । “ढिलो फुल्ने र उत्पादन कम हुने हुँदा स्थानीय जातका फूलमा आकर्षण घट्दै गएको छ, बजारमा पनि उन्नत जातका फूलको माग बढी छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
रिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
वेष्टइन्डिजविरुद्ध आजको खेल जित्नै पर्ने दबाब नेपाल
बैशाख २०, २०८१ बिहिबार
सूचना तथा सञ्चार प्रविधि दिवस प्रविधिबाट प्रभावित बन्दै ‘सन्देश’ निर्माणको प्रक्रिया
बैशाख २०, २०८१ बिहिबार
नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल
बैशाख २०, २०८१ बिहिबार