‘सुनुवाइ न्यायाधीशको, उजुरी प्रधानन्यायाधीशविरुद्ध’
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १२:५९:३
काठमाडौँ: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया एकैपटक अगाडि बढाएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् । समितिले मङ्गलबार सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी सार्वजनिक समेत गरेको छ ।
समितिले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी माग गरे पनि एक उजुरीकर्ताले भने न्याय परिषद्को सिफारिससँग जोडेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नै उजुरी दर्ता गरेका छन् ।
परिषद् अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश स्वयम् विवादित व्यक्ति भएको दावी गर्दै ती उजुरीकर्ताले अध्यक्षको हैसियतमा प्रधानन्यायाधीशले गरेको सिफारिस बदर गर्न माग गरेका छन् । प्रस्तावित पदाधिकारीविरुद्ध भने उक्त उजुरी मौन छ ।
तीन उजुरीकर्ताले यसअघि जबरा प्रधानन्यायाधीश सिफारिस हुँदाका क्रममा पनि उक्त उजुरी दर्ता गरेका थिए । उजुरीमा भएका विवरण यसअघि जबरा प्रधानन्यायाधीशमा सिफारिस हुँदा दर्ता भएकै हुबहु छन् । समितिले उक्त उजुरी अध्यनका लागि मङ्गलबार सांसदहरूलाई उपलब्ध गराएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार