शेयरबजारको ओरालो यात्रा कायमै, ८१ करोडभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १६:१७:३१
१५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।
आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएक शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६० लाख दुई हजार दुई सय २५ बराबरको छ लाख १६ हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट
जेठ ११, २०८१ शुक्रबार
विश्व बैंकले भन्यो, प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ
जेठ ११, २०८१ शुक्रबार
लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी
जेठ ११, २०८१ शुक्रबार
सिटिजन्स बैंकको संचालकमा ईला शर्मा नियुक्त, लिइन पद तथा गोपनीयताको शपथ
जेठ ११, २०८१ शुक्रबार
भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी
जेठ ११, २०८१ शुक्रबार