पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १३:५३:१२
१६ कात्तिक, चितवन । धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ।
भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रुपमा फैलिएको बताउछन् । उनले भने, “जसरी मानिसमा कोरोना र गाईभैँसीमा लम्पी स्किन रोग फैलियो त्यसैगरी अहिले धानमा कालोपोके रोेग महामारीका रुपमा फैलिएको छ । हामी काम गरेर खाने किसानको बिजोग भयो ।”
खासगरी समूहमा लागाइएको पटिहानीको सावा धानमा कालोपोकेको व्यापक महामारी फैलिएको उनको भनाइ छ । उनले भने, “धान काट्नका लागि अझै एक हप्ताजति लाग्छ । यो रोगको समस्या दिनानुदिन वढ्दै गएको छ ।” कालोपोके रोगका कारण धानको बीउ उत्पादन गर्न नमिल्ने भन्दै उनले रोग लागेको धान व्यापारीलेसमेत खरिद नगर्ने हुँदा थप समस्या भएको बताए । गत वर्षको तुलनामा अहिले आधाभन्दा कम धान उत्पादन हुने उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं ५ तोरीखेतका किसान फणिन्द्र पङ्गेनीले पनि पाक्नै लागेको धानको बालामा कालोपोके लागेको र कालोपोकेका कारण धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरे । उनी मात्रै नभएर उनीसँगै छर छिमेकमा लगाएको धानखेतीमा समेत कालोपोकेको समस्या देखिए पछि गाउँनै चिन्तित भएको उनले जानकारी दिए ।
गत वर्ष एक कट्ठामा तीन मुरीभन्दा बढी धान उत्पादन गरेका पङ्गेनी यो वर्ष कट्ठाको एक मुरी दश पाथी पनि भित्र्याउने अवस्था नभएको बताउछन् । “पहिलेका वर्षमा आँफूलाई खान पुग्ने धान अड्कलेर बाँकी धान बिक्रीवितरण गर्ने हामी किसान यस वर्ष बिक्री वितरण गर्न नपाउने भएका छौँ”, उनी भन्छन्
, “यो वर्ष रोगका कारण किसानको घरमा धान नहुने देखियो । अब के गर्ने ।”
कृषि ज्ञानकेन्द्र चितवनका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ७५ प्रतिशतमा कालोपोकेको समस्या देखिएको हो । सावा मन्सुली, सावित्रीलगायतका धानमा यो समस्या देखिएको छ । कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीले जिल्लामा लगाइएको धानमा कालोपोके, नेक ब्लाष्ट, व्याक्टेरीयल प्यानिकल ब्लाष्ट ९दाना नलाग्ने० रोगको समस्याले गर्दा धान उत्पादनमा कमी आउने बताउछन् ।
रोगका कारण जिल्लामा धानको उत्पादनमा ३० देखि ५० प्रतिशत सम्म कमी आउनसक्ने उहाँको आँकलन छ । कालोपोके तथा बालीमा लाग्ने रोग विशेष गरी बीउ, माटो र हावाका कारण लाग्ने उनले बताए।
अघिल्लो वर्षको बीउमा समस्या हुँदा यो रोगको समस्या बढेको भन्दै उहाँले कालोपोके रोग ढिलो पाक्ने धानमा पाक्ने समयमा बढी देखिएको जानकारी दिए । बीउ राख्ने समयमा सावधानी अपनाउन नसक्दा र लगातार एउटै बाली खेतमा लगाउँदा रोगको सङ्क्रमण बढी हुने त्रिपाठीले बताए ।
बागमती प्रदेश बीउबिजन प्रयोगशाला, हेटाँैडाका प्रमुख राजन ढकाल बीउ र माटोका कारण रोगको सङ्क्रमण देखिएको बताउछन् । उनले भने, “सावा मन्सुलीमा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहुँदा हाल चितवनमा कालो पोके रोगको समस्या बढी देखिएको हो ।” कालोपोके रोग र नेक ब्लाष्ट जस्ता रोग लागेको धानको बीउ आगामी वर्ष प्रयोग गर्न नहुने उनले जानकारी दिए । उनले भने “बीउ र सन्तुलित मलखादको व्यवस्थापन हुन नसक्दा बालीमा रोगको संक्रमण बढेको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार