१२ हजार किसानको खातामा पठाइयो १८ करोड ४७ लाख
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १५:२०:२०
१७ कात्तिक, महोत्तरी । उखु दिएको एक वर्षपछि किसानले सरकारी अनुदान बापतको रकम पाएका छन् । दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसान हर्षित भएका छन् । दशैँ टार्न हम्मे परेका किसानका लागि दीपावली र छठअघि नै अनुदान रकम पठाइएको हो ।
जिल्लास्थित एभरेष्ट र सिद्धिविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका हुन् । दसैँ कसैगरी टारियो, अब दिवाली र छठ मुखमा छन् के गर्ने होलाभन्ने चिन्ता थियो, पैसा आयो, चाडबाडको मुखमा उखुको अनुदानबापतको रकम पाएपछि राहत मिलेको छ, भंगाहा–४ का किसान अरुण गिरीले भने । मौकामा राहत मिल्यो, अब दिवाली÷छठ टारिन्छ । गिरीजस्तै अन्य किसान पनि चाडवाड कसरी टारौँ भनेर बिलखबन्द परेका बेला अनुदान रकम पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।
दुवै उद्योगमा उखु बुझाउने जिल्लाका १२ हजार छ सय ७३ किसानलाई अनुदानबापतको जम्मा १८ करोड ४७ लाख ९९ हजारबाट सम्बद्ध किसानले पाउने हिस्सा निजहरुको बैंक खातामा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० को क्रसिङका बेलामा उखु बुझाएका किसानलाई सरकारले अहिले अनुदानबापतको रकम उपलब्ध गराएको हो ।
किसानले उखु बुझाएको झण्डै एक वर्षपछि अनुदानबापतको रकम अहिले पाइएको छ । गत वर्ष भने किसानले दसैँ अघि अनुदान रकम पाएका थिए । यसपालि सरकारले निकासा पठाउन ढिलो गर्दा किसानको खातामा रकम पुग्न ढिलो भएको उक्त कार्यालयले स्पष्ट पारेको छ ।
उखु क्रसिङ गर्ने बेलामा आव २०७९÷८० मा एभरेस्ट चिनी उद्योगलाई १२ हजार पाँच सय ९० र सिद्धिविनायक चिनी उद्योगलाई ८३ जना किसानले उखु उपलब्ध गराएका थिए । सिद्धिविनायक गत वर्षमात्र सञ्चालनमा आएको चिनी उद्योग हो । सरकारले २०७८÷२०७९ देखि उखु खेती गर्ने किसानलाई प्रतिक्विन्टल रु पाँच बढाएर अनुदान रु ७० पुर्याएको थियो । अहिले उखुको मूल्य उद्योगले पाँच सय ४० र सरकारले अनुदानबापत ७० गरी प्रतिक्विण्टल छ सय १० कायम गरेको छ ।
यता किसानले भने चिनीको मूल्य बढ्दै गएको अनुपातमा उखुको न्यूनतम मूल्य ७ सय ५० कायम गर्नुपर्ने माग उखु उत्पादक कृषक संघमार्फत राख्दै आएका थिए । एभरेष्टले आव २०७९÷०८०मा २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो ।
यो चिनी उत्पादन २०७८÷०७९को भन्दा ६१ हजार आठ सय ४४ क्विन्टल बढी हो । सञ्चालनको पहिलो वर्ष (२०७८÷०७९) मा ५१ हजार चार सय ७२ क्विन्टल उखु क्रसिङ गरी छ हजार क्विन्टल चिनी उत्पादन गरेको सिद्धिविनायकले पछिल्लो पटक गत आबमा भने नौ हजार दुई सय ४५ क्विन्टलमात्र उखु क्रसिङ गर्न सकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार