नेपाल अर्थोपेडिक अस्पतालको रजत महोत्सव
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:५:१९
१९ कात्तिक, काठमाडौं । गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत जयन्ती महोत्सव आयोजना गरेको छ ।
विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा सन् १९९८ मा स्थापना भएको सो अस्पताल २५ वर्ष पुगेको हो ।
अस्पताल परिसरमा आयोजित रजत महोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य एवं संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले तीनै तहको सरकारको सहकार्यमा यस अस्पताललाई मुलुककै उत्कृष्ट अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले यस किसिमको अस्पतालको आवश्यकता मुलुकका सातै प्रदेशमा रहेको उल्लेख गर्दै यसको नीतिगत निर्णयका लागि केन्द्रबाट पहल गर्ने बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताउँदै कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालले उपलब्ध गराएका सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको जानकारी गराए ।
निर्देशक भण्डारीका अनुसार अस्पतालले गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको र एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।
निर्देशक भण्डारीकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले प्रत्येक वर्ष कम्तीमा चारपटकसम्म मुलुकका दुर्गम भेगमा पुगेर त्यहाँ औषधि उपचारको अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया पूर्ण निःशुल्करूपमा उपलब्ध गराउने गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष शङ्करराज पाठकले उक्त अस्पताल स्थापना गर्दाका अनुभव सुनाउँदै निकै कठिन अवस्थाबाट अस्पतालको स्थापना भई सेवा दिँदै आएकाले यो गरिमामय संस्थाको इतिहासको सम्मान गर्न आग्रह गरेको थियो ।
रजत महोत्सवका अवसरमा अस्पतालको जगको शिला बसाल्नेदेखि अस्पताललाई यहाँसम्म पुर्याउनका लागि मन, बचन र कर्मले सहयोग गर्ने संस्थापाक, स्वदेशी तथा विदेशी दाता, चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
जेठ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले १ बजे बोलाए मन्त्रिपरिषदको नियमित बैठक
जेठ ३, २०८१ बिहिबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार