गण्डकी सरकारको कर्णालीलाई एक करोड सहयोग
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:५७:२४
१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड दिने निर्णय गरेका हौँ, उनले भने । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
पोखरा महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा चिकित्सकसहित १७ जनाको राहत टोली मध्यपहाडी लोकमार्ग हुँदै भूकम्प प्रभावित क्षेत्रमा गएको हो ।
स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको हाम्रो टोली आजै बेलुकासम्म भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुगिसक्छ । औषधि, त्रिपाल, कम्मल, लत्ताकपडालगायत राहत सामग्री लिएर हामी त्यसतर्फ जादैछ । महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ ।
महानगरका जनप्रतिनिधिले एक महिनाबराबरको पारिश्रमिक भूकम्प प्रभावितको राहत कोषमा प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । शनिबार नै गण्डकी प्रदेश सरकारले पनि आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।
पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित औषधि र स्वास्थ्य सामग्री रुकुम पश्चिम र जाजरकोट पठाइएको प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका अन्य निकाय र स्थानीय तहले पनि भूकम्प प्रभावितको उद्धार तथा राहत सहयोगमा सकेजति हातेमालो गरिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीको नेतृत्वमा औषधिसहित स्वास्थ्यकर्मीको टोली रुकुम पश्चिम र जाजरकोट पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । उक्त टोली आइतबार बिहान भूकम्पबाट अतिप्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुगेर भूकम्पमा परी घाइते भएकाको उपचारसहित मानवीय सहायतामा जुटेको उनको भनाइ छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प प्रभावितका लागि दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहले पनि राहत सहयोग जुटाउन पहल गरिरहेका छन् । सामाजिक संघसंस्था र जनस्तरबाट समेत भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन सुरु भएको छ ।
गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले आफ्नो एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम प्रदान गर्ने प्रदेशसभा सदस्य सुवेदीले बताए ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा अकल्पनीय क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार