साउण्ड सिस्टमले तिहारमा बिक्दैनन् मादल

नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १४:१९:५६
२३ कात्तिक, ढोरपाटन 'बागलुङ' । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।
आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्रानिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् ।
बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ । पाँच वर्ष अगाडिसम्म उनलाई मादल बिक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती गर्न थालेका छन् । आधुनिक प्रविधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बजाउने प्रचलन पनि घट्दै गएको परियारले बताए । “पहिलापहिला विवाह, व्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने, नाच्ने चलन थियो । आजभोली साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्”, उनले भने ।
पाका पूर्खाले गर्दै आएको कामलाई अगाल्नु भएको परियारले व्यवसाय सङ्कटमा परेपछि पेसानै बदल्न बाध्य भएका हुन् । बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि छोराहरुले यसप्रति चासो नदिएको परियाले बताए । “तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड बिक्री गर्ने पसलमा चहलपहल बढेको देखिन्छ । मादल पसल सुनसान छन्”, उनले भने ।
पहिले बाह्रै महिना मादलको माग आउने गरेको भन्दै पाँच वर्ष अगाडि बनाएका मादल थन्काएर राखिएको परियारले बताए । केही वर्ष पहिलेसम्म चाडवाडको बेलामा फाट्टफुट्ट ग्राहक आउने गरेका सुनाउँदै अहिले वार्षिक पाँच वटा मादल पनि बिक्री नहुने उनले बताए । काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउनु पर्ने उनको भनाइ थियो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले जानकारी दिए।
आफ्नो पालामा मनोरञ्जनको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोलि गाउँमा मादल बज्न छोडेको परियारले बताए । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोलि निःशुल्कमा पनि कसैले नलाने उनको भनाइ थियो
“तिहारको बेला मादलको बढी माग हुने गथ्र्यो । गाउँ÷सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गर्थे । अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गर्छन् । पहिला यसकै आम्दानीबाट परिवार पाल्न सहज भएको थियो । छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ”, परियारले भने, “पहिले यो सीप नसिकेर विदेश जानुपर्ने रहेछ । अहिले बुढेसकाल लाग्यो । मैले जानेको काम मादल बनाउने हो तर मादल बिक्दैनन् । अहिले पसल बन्द गरेर खेतीपाती गर्छु । हाम्रो गाउँमा मादल बनाउने पसल १०÷१२ वटा थिए । अहिले एउटा पनि छैनन् ।”
ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताए । चार÷पाँचवर्ष अगाडिसम्म वार्षिक दुई सय मादल बिक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने उनको भनाइ थियो ।
आफूले मादल बनाउने र बिक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको नेपालीले गुनासो गरे । मौलिक संस्कृति हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ । पहिले गाउँमा सोरठी, मारुनीलगायतका पुराना नाच नाच्ने गरेको भन्दै अहिले ती नाच लोपहुँदै गएपछि मादलको बिक्रीमा गिरावट आएको नेपालीले बताए।
“पहिले मादल किन्नेको लाइन हुन्थ्यो । मैले पु¥याउनै सक्दैनथे । कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा सात लाख कमाइ गर्थेँ । अहिले मादल किन्न बेला मौकामा एक÷दुईजना आउँछन्”, उनले भने, “तिहार आउने बेला अलिअलि बिक्री हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । अब अरु काम पनि गर्नुपर्ने भएको छ ।”
बुर्तिबाङका साउण्ड सिस्टम व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टम किन्न आउनेको भीड हुने गरेको बताए । दशैं पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै उनले हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको जानकारी दिए । यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको क्षेत्रीले बताए । तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको उनको भनाइ छ ।
“सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ । विद्युत नपुगेको गाउँ छैन । विद्युतबाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्छन् । मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ”, क्षेत्रीले भने, “पहिले गाउँमा मेला महोत्सव हुँदा मादल घन्किन्थे । यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे । तिहारमा पुरानै गीत गाएर देउसीभैलो खेल्थे । अहिले त्यस्तो कतै देखिँदैन, सुनिदैन । जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझगडा गर्ने जोडीको सम्बन्ध १० गुणा बलियो
मंसिर १४, २०८० बिहिबार
आवश्यकताभन्दा बढी साथीहरू सम्बन्धका लागि हानिकारक
मंसिर १२, २०८० मंगलबार
पैताला किन पोल्छ ? यस्ता छन् घरेलु उपचार
मंसिर ३, २०८० आइतबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
उच्च अदालत पाटनले धराैटीमा छाड्न आदेश दिएका चारजनालाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने
मंसिर १९, २०८० मंगलबार
ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’
मंसिर १९, २०८० मंगलबार
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो
मंसिर १९, २०८० मंगलबार
गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए : सिपिजे
मंसिर १९, २०८० मंगलबार
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु
मंसिर १९, २०८० मंगलबार