गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १२:५४:९
२४ कात्तिक, गोरखा । गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् । गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधबार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो । लोक्पा गाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थाले पछि जमिन समेत चिरा परेर घरहरू जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।
पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङले बताए । उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०÷११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ ।’
बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दिर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार