थ्रेसर मेशिनको प्रयोगले दाइँ गर्ने परम्परा हराउँदै
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १५:२४:१४
२४ कात्तिक, गलकोट । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।
केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् । एक दशक अघिसम्म कात्तिक मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँ हाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो ।
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्र्याक्टरले खेत जोत्ने, थ्रेरसले धान चुट्न थालिएको बागलुङ नगरपालिका–४ कुँडेलेका किसान काशीनाथ शर्माले जानकारी दिए । कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको जनाउदै उनले धेरै मात्रमा धान उत्पादन हुने कुडुँले फाँटमा ट्र्याक्टरको सहायताले खेत रोप्ने र ट्र्याक्टरले नै दाइँ हाल्ने बताउनुभयो । उहाँले धान भने परम्परागत तरिकाले नै चुट्ने गरिएको बताए ।
थ्रेसर मेसिन, ट्र्याक्टर हलो, पावर टेलर र मिनीटेलर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए तापनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुने शर्माले बताए ।
दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गह्रो खुर्केर खलो बनाएर त्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले सुन्न मात्रै पाइने बागलुङका स्थानीय किसान छायादत्त रेग्मीले बताए ।
उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाइँ गरिएकै स्थानमा पराल थन्क्याउने चलन रहेकोमा अहिले धान चुट्न साथ ट्र्याक्टरले दाइँ हालेर ट्र्याक्टरमै राखेर घरमा पुर्याइने गरिन्छ ।
अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले बागलुङका किसानले पराल दाइँ हाल्न र खेतबाट घरमा पु¥याउन ट्र्याक्टरकै प्रयोग बढी हुने गर्दछ ।
गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ । “गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ, खर्च धेरै नै हुन्छ”, रेग्मीले भने, “ट्र्याक्टरले एकैपटक धेरै पराललाई दाइँ हालेर एक घण्टामै सक्छ, उपरकणको सहायताले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् ।
ठूला फाँटमा चार पाङ्ग्रे ट्र्याक्टरले खेत जोत्ने र साना तथा भिरालो खेतमा मिनि टेलर हलोको सहायताले खेत जोत्ने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार बागलुङमा पाँच हजार आठ सय ८३ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । दश स्थानीय तह रहेको बागलुङमा बागलुङ , जैमिनी र गलकोट नगरपालिका सहित बडिगाड गाउँपालिकामा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बागलुङमा बाली विकास अधिकृत कुमार पुनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार