‘कालो चस्मा लाउ है मैया’ नयाँ संस्करणमा सार्वजनिक

नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १२:४०:३१
२७ कात्तिक, काठमाडौं । चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् ।
सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत सिर्जना गरेका छन् । निर्देशक श्रेष्ठले पुराना लोकप्रिय गीतलाई नयाँ पुस्तासम्म ल्याउन रीमेक गरिएको बताए । ‘मेरो चलचित्रमा प्रेम कथा भएकाले गीत सुहाउँदो पाएँ । लोकप्रिय गीतलाई चलचित्रको माध्यमले नयाँ पुस्तासम्म ल्याउने प्रयास गरेको हुँ’, निर्देशक श्रेष्ठले भने ।
यसै चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन् । ‘बाल्यकालमा उक्त गीतमा धेरै पटक नृत्य गरें । अहिले अभिनय यात्राको सुरुआतमा पनि यही गीतमा प्रस्तुत हुने मौका पाएँ, निकै खुसी छु’, अभिनेत्री बुढाथोकीले भनिन् । उनले स्कुलमा उक्त गीतमा नृत्य गरेको स्मरण गरिन् । सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए । ‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने । रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौं उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँमा ‘महाजात्रा’ !
मंसिर १९, २०८० मंगलबार
‘मायाबी’को छायांकन सकियो
मंसिर १७, २०८० आइतबार
'अन्जिला'को 'ईन्ड क्ल्याप', सह-निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार