सांसद विकास कोषको रकम भूकम्प प्रभावित क्षेत्रमा खर्च गरिने, १० अर्बको राहत कोष बनाउने निर्णय
नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १२:५०:५७
२७ कात्तिक, काठमाडौं । सरकारले सांसद विकास कोषको रकम जाजरकोट भूकम्पपीडितका लागि खर्चने भएको छ । भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणका लागि सो रकम खर्चने भएको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषमा रहेको झण्डै ८ अर्ब र दातृ निकायहरूबाट आएको सहयोग थपेर १० अर्बको कोष निर्माण गर्ने र त्यसबाट खर्च गर्ने निर्णय गरेको हो ।
सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ । साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आव्हान गर्ने भएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो । सांसदलाई रकम दिँदा अदालतको अपमान हुने भएकाले सो रकम भूकम्प पीडितको पुनःस्थापनामा खर्चने निर्णय सरकारले गरेको मन्त्री शरदसिंह भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
जेठ १६, २०८१ बुधबार
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने
जेठ १४, २०८१ सोमबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार