किसानका समस्याप्रति कांग्रेस गम्भीर छः महामन्त्री शर्मा

नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार २०:१६:८
३० कात्तिक, झापा । नेपाल किसान महासंघ कोशी प्रदेस समितिको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भेटघाट गरेको छ । तिहारको अवसरमा झापा आएको मौका पारेर महासंघले महामन्त्री शर्माको धुलाबारी स्थित नीजि निवासमा भेटघाट गरेको महासंघले जनाएको छ ।
नेपाल किसान महासंघ कोशी प्रदेश समितिले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटी कोशी प्रदेशमा किसानहरुले भोग्नुपरेका समस्याहरुका विषयमा ध्यानाआकर्षण गराएको हो । सरकारले कृषि क्षेत्रलाई उपेछ्या गरेका कारण साथै किसानका लागि बनेका कार्यक्रमहरु समेत गैरकिसानले उपयोग गर्ने परिपाटीले कृषि क्षेत्रबाट किसानहरु विस्तापित हुने खतरालाई तत्काल सम्बोधन गर्न–गराउन नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कांग्रेसमा महामन्त्री शर्मालाई ध्यानाकर्षण गराएको नेपाल किसान महासंघका कोशी प्रदेश उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले नेपालबहश डटकमलाई बताएका छन् ।
नेपाली कांग्रेसको रक्त सञ्चारका रुपमा रहेको नेपाल किसान महासंघलाई कसरी सवल र क्रियाशील बनाउन सकिन्छ ? भन्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समेत ध्यान पुर्याउन उत्तिकै जरुरी रहेको तर्फ महामन्त्री शर्मालाई अनुरोध गर्दै नेपाल किसान महासंघको लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गर्न पार्टीबाट सक्दो सहयोगको अपेक्षा राखेको र महामन्त्री शर्माले यस विषयमा पार्टी सकरात्मक रहेको महासंका पदाधिकारीहरुलाई आश्वस्त पारेको महासंघका प्रदेश सदस्य गणेश गौतमले बताएका छन् ।
नेपाली कांग्रेसको रक्त सञ्चारका रुपमा रहेको नेपाल किसान महासंघलाई कसरी सवल र क्रियाशील बनाउन सकिन्छ ? भन्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समेत ध्यान पुर्याउन उत्तिकै जरुरी रहेको तर्फ अनुरोध गर्दै नेपाल किसान महासंघको लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गर्न पार्टीबाट सक्दो सहयोगको अपेक्षा राखेको र महामन्त्री शर्माले यस विषयमा पार्टी सकरात्मक र गम्भीर रहेकोले अब किसानसँग कांग्रेस रहने भन्दै महासंका पदाधिकारीहरुलाई आश्वस्त पारेको महासंघका प्रदेश सदस्य गणेश गौतमले बताएका छन् ।
नेपाल किसान महासंघका कोशी प्रदेश सचिव भट्टराईले सरकारले कृषि कार्यक्रम कृषि नीति निर्माण र किसान सशक्तिकरण कार्यक्रममा नेपाल किसान महासंघलाई अनिवार्य समावेश गर्नुपर्ने प्रस्ताव राखेका थिए भने नेपाल किसान संघका केन्द्रीय सदस्य केशव भट्टराईले नेपाली कांग्रेसले बिपीको आदर्श र सिद्धान्त छोडदै गएको तर्फ दुःख व्यक्त गर्दै कि त बीपीको भन्दा राम्रो आदर्श र सिद्धान्त प्रतिपादन गर्न सक्नुपर्यो कि त बिपीको आदर्श र सिद्धान्तमा हिडनु पर्यो भन्दै महामन्त्री विश्वप्रकाश शर्मालाई कांग्रेसको भावी नेतृत्वको आशालाग्दो नेताका रुपमा आम कांग्रेस नेता तथा कार्यकर्ताले हेरिरहेको तर्फ सचेत समेत गराएका थिए ।
किसान नेताहरुसँगको भेटमा महामन्त्री शर्माले आफू महासंघका मागहरुप्रति सकारात्मक रहेको र महासंघले उठाएका बिषयहरु लिखित रुपमा पेश गर्न अनुरोध गर्दै त्यसो भएमा आफुले पार्टीको बैठकमा बिषय उठाउन सजिलो हुने बताउँदै अहिले सिंगो नेपाली कांग्रेसको ध्यान र कार्यक्रम भुकम्प पिडितका लागि तत्काल अस्थाई टहरा बनाउने र जाडोबाट बचाउन आवश्यक पर्ने सामाग्री जुटाउनमा लागिरहेकोले तत्काल नेपाल किसान महासंघ पनि उक्त कार्यमा सकृय भएर लाग्न सुझाव समेत दिएका थिए । महामन्त्री शर्माले यश विषयमा महासंघको सहयोगका लागि ७७ जिल्ला मै सर्कुलर पठाउन अध्यक्ष गणेशचन्द्र तिम्सिनालाई समेत अनुरोध गर्ने बताएका थिए ।
नेपाल किसान महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईको नेतृत्वमा महामन्त्री शर्मा भेटन धुलाबारी गएको टोलीमा महासंघका केन्द्रीय सदस्य केशव भट्टराईसहित कोशी प्रदेश समितिका उपाध्यक्ष, सचिव र सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
मुख्यमन्त्री कार्कीले बल्ल तोके तीन मन्त्रीको जिम्मेवारी
मंसिर १७, २०८० आइतबार
कोशीमा हात्ती आतंक : एक सातामै तीनजनाले ज्यान गुमाए
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार