साइबर क्राइम मुद्दामा किशोर पक्राउ
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १२:५५:५२
१ मंसिर, झापा । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ । उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन ।
यसैबीच जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नगद, तास कौडसहित १५ जुवाडे पक्राउ परेका छन् । गौरादह–३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको सुराकीका सूचनाका आधारमा आज बिहान ३ बजे दमक र गौरादह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट रु एक लाख ३५ हजार नौ सय २०, १६ थान कौडा, तीन बुक ताससहित १५ जनालाई पक्राउ गरेकोे थियो । पक्राउ परेका सबैलाई दमक इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएकोे प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार