सुन तस्करीको सुक्ष्म अनुगमनका लागि उत्तरी नाका रसुवा पुग्यो जाँचबुझ आयोगको एक टोली
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १३:०:३
१ मंसिर, काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरूको स्थलगत अध्ययन भ्रमण गरेको छ । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरूको अनौपचारिक भ्रमण गरेको बताइएको छ ।
दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित भन्सारका कर्मचारीले जनाएका छन् । आयोग गोप्य रुपमा अनुगमनमा निस्किएको हो । चीनको राजधानी बेइजिङबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट स-साना बनाएर अनेक सामानमा मिसाएर यता छिराउने गरिएको सूचनाका आधारमा भ्रमण टोली गएको हो ।
रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराइएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरूले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलब्ध गराइएको स्राेतकाे भनाइ छ । आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरी नै पाँच किलो अवैध सुन समातेको थियो ।
यता आयोगले सुनको अवैध पैठारी (तस्करी) सम्बन्धमा विभिन्न सरोकारवाला संस्था र व्यापारिक समूहसँग बुझ्ने कार्यलाई निरन्तरता दिइरहेको छ । नेपाल पारवहन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल आभूषण संघ लगायतका संस्थासँग बुझ्ने कार्य भैसकेको आयोग सूत्रले जानकारी दिएको छ ।
आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यले चाड पर्वको विदा सकिएलगत्तै आयोग आफ्नो कार्यमा सक्रिय रहेको बताए । उनले स्थलगत अध्ययन भ्रमण गरेको बिषयमा ‘बुझ्न आवश्यक परेका ठाउँमा आयोग सम्पर्कमा रहन्छ’ भन्ने संक्षिप्त प्रतिक्रिया मात्र दिए । सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछि ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ गरेको थियो ।
‘सुन आयोग’ भनी चर्चामा रहेको आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायिक अर्धन्यायिक विषयहरूबाट प्रवेश गरेर, सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रुपमा लिँदै घटनाक्रमहरूलाई आफ्नै ढंगले अनुसन्धान गरिरहेको जनाएको छ ।
आयोगले यसअघि विदेशबाट इलेक्ट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन २ गते ब्रेक शुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवं जानकारी लिएको छ ।
‘सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना आयोगले लिने भएको छ ।
सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिने गरी कार्य योजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य एघार सयले घट्यो, प्रतितोला कति ?
बैशाख २१, २०८१ शुक्रबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
बैशाख २०, २०८१ बिहिबार
सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार