दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १६:११:५३
१ मंसिर, मनिला । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् ।
ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको छ ।
हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ । “मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो”, भूकम्पको केन्द्रविन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भने, “मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ, कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो ।”
प्यासिफिक ‘रिङ अफ फायर’ का छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन् । ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार