पैताला किन पोल्छ ? यस्ता छन् घरेलु उपचार

नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १३:२८:२३
३ मंसिर, काठमाडौं । तपाईले कत्तिको याद गर्नु भएको छ ? कहिलेकाहीं खुट्टाको पैताला दुखेको । लामो यात्रा गर्दा, असहज जुत्ता लगाउँदा कहिलेकाहीं दुख्नु सामान्य हो, यस्तो केही दिनमा निको हुन्छ । तर बारम्बार पैताला पोलिरहनु गम्भीर रोगको संकेत पनि हुन सक्छ ।
पैताला पाेल्नुका कारण
हाइपोथाइराइडिज्म
थाइराइड उच्च होस् वा कम होस्, दुवै अवस्था शरीरको लागि उपयुक्त हुँदैन । कम थाइराइड अर्थात् हाइपोथायरायडिज्म अवस्थाले पनि खुट्टा पोल्न सक्छ। यो एक अवस्था हो, जसमा थाइरोइड ग्रन्थीद्वारा हार्मोन उत्पादन कम हुन्छ । जसको प्रभाव खुट्टाको नसामा पनि पर्ने हुँदा पोल्ने गर्छ ।
भिटामिनको कमी
भिटामिन बीको कमीले पैताला पोलेको महसुस हुन सक्छ । भिटामिन बी १२, भिटामिन बी ६ र भिटामिन ९ को कमीले पैताला पोल्ने र मांसपेशी दुख्ने कारण बनाउँछ । भिटामिन बीको कमीले हुने रोगको संकेतको रुपमा पनि लिइन्छ, जसलाई बर्निङ फिट सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाएर भिटामिन बीको मात्रा बढाउने र थप उपचार गराउनुपर्छ ।
उच्चरक्त चाप
सुतेको समयमा खुट्टा पोल्ने समस्या उच्चरक्त चाप बढी हुँदा हुन सक्छ । खुट्टामा रक्तसञ्चारको कमी हुँदै हात र खुट्टामा तापमान बढेर पोल्न सक्छ । खुट्टामा जाने नसाहरु लामो हुन्छन् । जसले कुनै पनि गम्भीर रोगको प्रभाव खुट्टा हुँदै हाततर्फ पनि बिस्तारै पर्न सक्छ ।
मिर्गौला फेल हुनुको संकेत प्रत्यक्ष खुट्टा नै पोल्छ भन्ने हुँदैन । तर मिर्गौला फेलको सुरुवाती चरणमा भने पैताला पोलेको अनुभव हुन सक्छ । मिर्गौला खराब हुन थालेपछि शरीरले प्रभावकारी ढंगबाट छान्न सक्दैन जुन पछि न्युरोप्याथीको कारण बन्न सक्छ, जसले पैताला पोल्छ ।
नसा सुन्निनु
नसा सुन्निने धेरै कारणले हुन सक्छ। कलेजो, मिर्गौला र मोटोपनसम्बन्धी रोगका कारण खुट्टामा दबाब सिर्जना हुन्छ, जसकारण पैताला पोलेको महसुस हुन्छ ।
मधुमेह न्युरोप्याथी
मधुमेह न्युरोप्याथीको समस्याबाट पीडित व्यक्तिमा पैताला पोलिरहन्छ । अनियन्त्रित उच्च मधुमेहले बिस्तारै रक्तनलीहरू र स्नायुहरूलाई क्षति पुर्याउन थाल्छ । यस्तो अवस्थामा स्नायुबाट संकेतको प्रसारणलाई पनि कम गर्ने, रक्तनलीका भित्तालाई पनि कमजोर बनाउँछ र खुट्टा पोल्नुका साथै अन्य धेरै समस्या हुन सक्छन् ।
यसबाहेक किमोथेरापीको औषधि लिएका, खुट्टामा संक्रमण हुनु, अत्यधिक मदिरा पिउने बानी, वंशाणुगत कारण, ढाडमा नसा च्यापिंदा पनि खुट्टामा हुने नसालाई प्रभाव पार्छ जसले गर्दा पैताला पोल्ने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि नसा खुम्चिएर पैताला दुख्ने गर्छ ।
के पैताला राति मात्रै पोल्छ ?
अधिकांशले राति मात्र पैताला पोल्ने गुनासो गर्छन् तर त्यसमा कुनै ठोस कारण छैन । रातको समयमा काम कम र आराम बढी हुने भएकाले ध्यान दुखाइतर्फ मात्र केन्दित हुँदा बढी दुखेको महसुस हुन्छ । यद्यपि कति दुख्छ र कति लामो समयसम्म दुखाइ हुन्छ भन्ने कुरा रोगअनुसार फरक(फरक हुन सक्छ ।
उपचार
लगातार पैताला दुखेर दैनिकीमा नै असर पारेको छ भने तुरुन्त अस्पताल गएर जँचाउनुपर्छ । नत्र जति ढिला अस्पताल पुग्यो उपचारमा त्यति नै जटिलता आउँछ । धेरै रोगको लक्षणको रुपमा पैताला पोल्ने देखिने हुँदा थाइरायड, मधुमेहको स्तर हेर्न रगत परीक्षण गरिन्छ । त्यस्तै ढाडको समस्या भए एमआरआई गरिन्छ । र, नसामा समस्या छ कि छैन भनेर हेर्न नसाको परीक्षण गरिन्छ ।
पैताला पोल्ने समस्याको लक्षण रोगअनुसार हुने भएकाले रोगलाई निदान गरी त्यसको उपचार गर्दा स्वतस् दुख्ने समस्या कम हुँदै जान्छ । यदि परीक्षणमा थाइरायड मधुमेह अनियन्त्रित देखिए त्यसलाई नियन्त्रण गरिन्छ ।
यस्ता छन् घरेलु उपचार
१.मनतातो पानीमा सिधे नुन हालेर १०र१५ मिनेटसम्म खुट्टा डुबाउँदा समस्या कम हुन्छ ।
२.लौकालाई काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि पोल्ने समस्यामा राहत मिल्दछ ।
३. बेसारमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ त्यसैले यसको प्रयोगले पनि यो समस्या हट्दछ ।
४. शाकाहारी खाना, दुग्ध पदार्थ नियमित खादाँ पनि यो समस्या कम भएर जान्छ ।
५. प्रोटिनयुक्त खानेकुराको सेवनले पनि यो समस्यामा राहत दिलाउँछ ।
६. भिटामिन बी पाइने खाना, अण्डा, माछा, सी फुडको सेवनले पनि यसमा राहत हुन्छ ।
७. यदि माथिका सामग्री अभाव भएमा सादा पानीमा केहीबेर खुट्टा डुबाउँदा पनि हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझगडा गर्ने जोडीको सम्बन्ध १० गुणा बलियो
मंसिर १४, २०८० बिहिबार
आवश्यकताभन्दा बढी साथीहरू सम्बन्धका लागि हानिकारक
मंसिर १२, २०८० मंगलबार
जाडोमा छालाको ख्याल कसरी गर्ने ? यस्ता छन् टिप्सहरू
मंसिर २, २०८० शनिबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार