सात एसपीका लागि दर्जन डीएसपी प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १३:५४:२५
३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको सात एसपीमा एक दर्जन डीएसपीहरू प्रतिस्पर्धामा रहेका छन् । गत हप्ता प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक 'एसपी'लाई प्रहरी वरिष्ठ उपरीक्षक 'एसएसपी' मा बढुवा गर्ने निर्णय गरेसँगै रिक्त रहेको एसपी पदमा दर्जन डीएसपीहरू प्रतिस्पर्धामा उत्रृका हुन् । पाँच एसपीको एसएसपी बढुवासँगै प्रहरीमा ७ एसपीको पद रिक्त भएको थियो ।
रिक्त भएका सात पदमा दर्जनौं प्रहरी नायव उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धा चलिरहेको बेला केही डीएसपीहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उनको सचिवालय टीमलाई मनाउन मन्त्रालयमा दौडधुप गरिरहेका छन । जसले गर्दा एसपी बढुवा पेचिलो बनेको छ । तर, प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी बढुवाको तयारी गर्दा विगतमा अन्यायमा परेका, कार्यसम्पादन राम्रो भएका र बढुवा गर्नु नै पर्ने डीएसपीहरुको सूची तयार पारेको छ । प्रधान कार्यालयका अनुसार रिक्त पदको लागि डीएसपीहरु प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, विनोद घिमिरे, अनिल कुमार खड्का, सन्तोष तामाङ, निरञ्जनदत्त भट्टहरु बढुवाको लागि प्रतिस्पर्धामा छन् ।
त्यसका अतिरिक्त श्यामबाबु ओलीया, नारायण रन्जितकार पनि प्रतिस्पर्धामा रहेका छन् । यस्तै यादव ढकाल, राजन लिम्बु, अनन्त शर्मा र एकनारायण कोइराला पनि छन् । विगतमा उनीहरूको बढुवा छुटेको भन्दै प्रहरी प्रधान कार्यालयले यसपटक बढुवाको सूचीमा राखिसकेको छ ।
प्रहरी महानिरीक्षक 'आईजीपी' बसन्त बहादुर कुँवरले समेत संगठनको मापदण्डअनुसार नै बढुवा हुने अडान राखेपछि शक्तिशाली मानिएका केही प्रहरी अधिकृत हच्किएको बताइन्छ । ढकेन्द्र खतिवडा सल्यानमा हुँदा विवादित बनेका थिए । तामाङ केपी ओली र कृष्ण सिटौलाको पूर्व पीएसओ थिए । डीएसपी कोइराला चितवनमा हुँदा लेनदेनको विवादमा परका थिए । २०७६ सालतिर कोइरालाले एसपी नआएको समयलाई कमाउने अवसरका रुपमा उपयोग गरेका थिए ।
यौन दुर्व्यवहारका उजुरीमा मिलापत्र गराएर समेत डीएसपी कोइरालाले घुस लिने गरेको आरोप थियो । नारायणगढको शहीद चोकभित्र अर्पिता श्रृंगार पसलका संचालक विमल श्रीवास्तवसँग डीएसपी कोइरालाकै निर्देशनमा घुस असुली मिलापत्र गराइएकोआरोप थियो । जसमा पीडित भनिएकी विमला थोकर (नाम परिवर्तन) लाई ३ लाख रूपैयाँमा मिल्न दबाब दिएर वडा प्रहरी कार्यालय नारायणगढका सई रविराज ढकाल र कुलप्रसाद अधिकारीले ५ लाख घुस लिएर कोइरालालाई बुझाएको भन्दै उनको विरुद्ध उजुरी समेत परेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार