भूकम्पपीडितका एकहजार अस्थायी घर बनाइदिने कांग्रेसको निर्णय, पौडेल नेतृत्वमा गयो पहिलो टोली

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १३:४१:२३
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रको लागि एक हजार अस्थायी आवास निर्माण गर्न टोली खटाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउन लागेको बताएको छ । टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय समेत गरेको छ ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितहरूलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको बताए । प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनुहुन्छ। एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने कांग्रेसले जनाएको छ । २५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिइने छ । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा टोलीलाई तालिम दिने चार विभाग प्रमुख विश्वकर्माले बताए ।
त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ । पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।
चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै टहरा निर्माणमा श्रमदान गर्ने कांग्रेसले निर्णय गरेकाे बताएकाे छ । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन
मंसिर २०, २०८० बुधबार
एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ विवरण पेश गर्न अर्थ समितिको निर्देशन
मंसिर २०, २०८० बुधबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार