जनता बैंकले खोल्यो कैलालीको बलियामा नयाँ शाखा,देशभर शाखा सञ्जाल १२९ पुग्याे
इन्द्र रिजाल
बैशाख ४, २०७६ बिहिबार १:३२:३३
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले कारोबार विस्तार गर्ने क्रममा कैलालीको बलियामा नयाँ शाखा खोलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गर्दै ७ न. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले सो शाखाको समुद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाकी उपप्रमुख श्रीमती टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा न.पा. वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । आजबाट बलियास्थित शाखा र एटीएम समेतबाट एकैसाथ कारोबार संचालनमा आएको छ ।
शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आँखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । एक हजार जना भन्दा बढीको आँखा परिक्षण गरिएको उक्त आँखा शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बैंकले जनाएको छ ।
जनता बैंकको यस बलिया शाखासँगै मुलुकका सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने ७ न. प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यी शाखाहरुसहित ९६ एटिएम, ५० शाखारहित बैंकिङ्क, ३ एक्स्टेनशन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार