उपरथी सिग्देल विरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार २२:८:२७
५ मंसिर, काठमाडौं । नेपाली सेनामा भावी नेतृत्वलाई लिएर अन्योल बढिरहेको बेला उपरथी अशोकराज सिग्देलको जन्ममिति छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रथी सरोजप्रताप राणाको अनिवार्य अवकाशपछि रिक्त रहेको पदमा बढुवाका लागि सिफारिसमा परेका ताराध्वज पाण्डे जन्म मिति विवादमा परेपछि राजीनामा दिएर हिँडिसकेको अवस्थामा सिग्देल रथी बढुवाको लाइनमा भएका बेला सो उजुरी परेको हो ।
यसअघि पाण्डेको पनि अख्तियारमा उजुरी परेपछि राजीनामा दिएका थिए । उपरथी ‘सिग्देलको जन्म मिति ‘कैफियत’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ’, स्रोतले भन्यो । सिग्देल विरुद्ध परेको उजुरीको दर्ता नं. सि–०२९५६३ हो । २९ असोजमा रथी बढुवा सिफारिस भएका अर्का उपरथी पाण्डे जन्ममिति कैफियतकै कारण राजीनामा दिइसकेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ । उनीपछि सेनाको कमाण्ड कसले सम्हाल्ने भन्ने विषयमा अझै टुंगिएको छैन । रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो । तर जन्म मिति विवाद बल्झेपछि उनले राजीनामा दिए । उनीपछिको रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने सैनिक स्रोत बताउँदै आएको बेला सिग्देलको शैक्षिक प्रमाण पत्र र नागरिकतामा जन्म मिति फरक परेको विषयमा उजुरी परेको हो ।
पाण्डेको जन्म मिति विवाद बल्झेपछि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन भएको थियो । छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा कागजात शंकास्पद देखिएपछि कोर्ट मार्सल 'सैनिक अदालत' गठन हुने अवस्था सिर्जना भएकाले पाण्डेले हतारमा राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिएपछि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा हुने रोलक्रममा छन् । यी दुवै उपरथीको जन्म मिति र शैक्षिक योग्यतामा पनि विवाद आउन सक्ने भन्दै जंगी अड्डाबाट बढुवा सिफारिस गर्न रोकिएको छ ।
अब बढुवा सिफारिस गर्नुभन्दा अघि उमेर जनाउने सबै प्रमाणपत्र रुजु गर्ने तयारी सेनाले गरेको छ । तर त्यसअघि नै अख्तियारमा उजुरी परेपछि उनको पनि बढुवा रोकिने संकेत सेनाले गरिसकेको छ । सिग्देल विरुद्ध परे७ असोज ०७६ को मन्त्रिपरिषदले उपरथीमा बढुवा गर्नु अघि सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२३ बनाएर सच्याएका स्रोतको दाबी छ । त्यसबेला विश्वविद्यालयको कानुन समितिको बैठक नै राखेर सिग्देलले जन्ममिति सच्याएकाे दावी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार