घाँस काट्न गएको बेला बाघको आक्रमणबाट एक जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १३:४१:१६
८ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।
यसैगरी नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् । बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार