पत्रकार महासंघलाई आइएफजेले सदस्यबाट हटाउने तयारी !
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १२:५३:२१
१० मंसिर, काठमाडौं । अन्तराष्ट्रिय पत्रकार महासंघ 'आइएफजे' ले नेपाल पत्रकार महासंघलाई कारबाही गर्ने भएको छ । नेपाली पत्रकारहरूको छाता संस्था महासंघलाई सदस्यता शुल्क वापतको रकम नबुझाएका कारण आइएफजेले आफुसँगको आबद्धतालाई एकतर्फी रूपमा तोड्ने प्रक्रिया अघि बढाएको हो ।
आइएफजेलाई महासंघले करिब दुई लाख नेपाली रूपैयाँ तिर्नु पर्ने छ । सदस्यता वापतको उक्त रकम कोषाध्यक्ष कलेन्द्र सेजवालले तिर्न नमाने पछि महासंघ आइएफजेको सदस्यबाट हट्ने अवस्था आएको हो ।
महासंघका एक सदस्यका अनुसार आइएफजेलाई पठाउनु पर्ने चेकमा कोषाध्यक्ष सेजवालले हस्ताक्षर नगर्ने अड्डी लिए पछि समस्या उत्पन्न भएको हो । आइएफजेले महासंघलाई पत्र लेख्दै सदस्यताबाट हटाउने प्रक्रियाका बारेमा जानकारी गराइसकेको छ । आइएफजेले महासंघलाई उपलब्ध गराएको समावेशीता र नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रम समेत राम्रोसँग नगरेको भन्दै थप कार्यक्रम माथि रोक लगाएको छ ।
महासंघले आइएफजेलाई पठाएको आर्थिक प्रतिवेदन माथि प्रश्न उठेको बताइएको छ । कोषाध्यक्ष सेजवालले चेकमा रकम पठाउन नमान्नुमा खास कारण नरहेको बताइएको छ । महासंघ स्रोतका अनुसार सेजवालले आर्थिक गतिविधि आफू खुशी गर्दै आएकाले पारदर्शिताको माग हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
भारतका पुर्व प्रधानमन्त्रीका छोरामाथी यौन शोषणको आरोप
बैशाख १७, २०८१ सोमबार