प्रधानमन्त्री सहायता कोषमा १८ करोड ८० लाख जम्मा
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १२:३८:५६
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ । भूकम्प ग्एपछि जाजरकोट र पश्चिम रुकुममा आर्थिक सहयोग घोषणा गर्नेहरुको संख्या धेरै भएपनि कोषमा रकम जम्मा गर्नेको संख्या भने थोरै देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर १० गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म ७१ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन् ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।
भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका निम्ति कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको थियो । त्यसपछि कोषमा पौने १९ करोड रुपैयाँ जम्मा भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाममा २ हजार ८३९ मत गन्दा खड्का ८२ मतले अगाडी
बैशाख १६, २०८१ आइतबार
कप्तान रोहितले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरे
बैशाख १६, २०८१ आइतबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार