नेपाललाई औपचारिक जानकारी नदिई उच्चस्तरीय अमेरिकन टोली काठमाडौंमा
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १५:७:४४
१३ मंसिर, काठमाडौं । नेपाल सरकारलाई औपचारिक जानकारी नगराई एक अमेरिकी उच्च स्तरको टोली काठमाडौं आएको खुलेको छ । उक्त टोली गए राती १ बजे काठमाडौं एयरपोर्टमा ओर्लिएको बताइएको छ । टोली किन नेपाल आएको हो भन्ने खुलेको छैन ।
उक्त टोली एमसीसी कम्प्याक्ट अपरेसन विभागको ट्रान्सपोर्टेसन तथा भर्टिकल स्ट्रक्चर समूहका सिनियर डाइरेक्टर योहानेस अबेबे नेतृत्वको भएको र टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट राति साढे १ बजे काठमाडौं आइपुगेको स्रोतको दाबी रहेपनि एमसीए नेपालले भने यसबारे जानकारी नभएको बताएको छ ।
एमसीए नेपालले एमसीसी अन्तर्गतको कुनैपनि अमेरिकन टोली नेपाल आउने कुरा नभएको जनाएको छ । यसबारे एमसीए नेपालका प्रेस एडभाइजर पुस्कर माथेमाले उनीहरू नेपाल आएकोबारे एमसीए नेपाललाई जानकारी नभएको बताए । उनले नेपालस्थित अमेरिकी दूतावासलाई जानकारी गराएर उनीहरू नेपाल आएको हुनसक्ने बताए ।
यता, अमेरिकी दूतावासले पनि उनीहरूको भ्रमणबारे औपचारिक जानकारी नभएको बताएको छ । उनीहरू एमसीसीको नभएर अरू कुनै कामले नेपाल आएको हुनसक्ने दूतावासको भनाइ छ । अबेबेसँग अन्य दुई जना पनि नेपाल आएको र यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार