स्थानीय किसानको सारथि बन्दै सहकारी
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १७:२६:५८
प्रकाश डोटेल
१३ मंसिर, स्याङ्जा । देशभरका केहि सहकारीमा समस्या उत्पन्न भएर बचतकर्ताको रकम डुबेको खबर आईरहेको बेला स्याङ्जाको एक सहकारी संस्था भने स्थानीय किसानको सारथी बन्दै आएको छ । सहकारीले कृषिमा व्यवसायीकरण, सामाजिक सामुदायिक कार्यक्रम र क्षमता विकासमा काम गर्दै आउँदा किसानको सारथी बनेको हो ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले कृषिमा व्यवसायीकरण गर्न कम्तिमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनामा ५ हजार नगद अनुदान दिदै आएको छ । तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको छ ।
गाउँपालिकाभित्र २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीले झण्डै ४ हजार ५ सय किसानलाई सेवा प्रवाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बन्नका लागि भकारो सुधार, पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत उन्नत जातका बोका र रागाँ व्यवस्थापन गर्दै आएको सहकारीले जनाएको छ ।
२०५९ मा स्थापित सहकारीले ५० प्रतिशत मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म संचालन गर्दै आएको छ । पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा सहकारीले शेयर सदस्यको २१ पशु क्षतिपूर्ति स्वरुप १ लाख ४५ हजार २ सय रकम उपलब्ध गराएको छ ।
सहकारीले सामाजिक सामुदायिक कार्यक्रममा पुँजी बृद्धि गर्न ऋणको ५ प्रतिशत रकम र ५ प्रतिशत ऋण सुरक्षण कोषको व्यवस्था गरेको छ । महिला सदस्य सुत्केरी हुँदा २ हजार सुत्केरी स्याहार खर्च, सुरक्षण कोष राखेको १ वर्ष पुगेका सदस्यको मृत्यु भएमा १५ हजार उपलब्ध गराउँदै आएको छ । जुन ३४ सदस्यले उपभोग गरेका छन् । कोरोनाको कारणले मृत्यु भएमा क्रिया खर्च वापत २५ हजार नगद उपलब्ध गराउँदै आएको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताए ।
शेयर सदस्यहरूको आवश्यकतालाई ध्यानमा राख्दै सहकारीले टोल सफाई अभियान, स्वास्थ्य शिविर, महिला शसक्तिकरण, घरेलु हिंसा न्यूनिकरण, सिप विकासको क्षेत्रमा काम गर्दै आएको सहकारीका अध्यक्ष रेग्मीले बताए । उनका अनुसार शेयर सदस्यको घरमा ९० वर्ष पुगेका बृद्धबृद्धालाई सम्मान कार्यक्रम संचालन गरिएको छ ।
सहकारीले शेयर सदस्यहरूको क्षमता विकासका लागि सुधारिएको चुलो, गोबर परिक्षण शिविर र तालिम संचालन गर्दै आएको सहकारीले जनाएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराएर तरकारी, सुन्तला, कफि खेती, भैसी, बाख्रा र मौरी पालनमा लगानी गर्दै आएको छ । सामुदायिक विद्यालयमा शौचालय, खानेपानी र सिँचाई कुलो निर्माण समेत सहकारीले सहयोग गर्दै आएको छ ।
१ हजार ५ सय ३२ पुरुष र १ हजार ५ जना महिला शेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए । कृषि, पशु पालनका साथै हामीले बचतको कारोबारले शेयर सदस्यको आर्थिक विकासमा काम गरिरहेको काफ्लेले बताए ।
२ करोड ५६ लाख ९४ हजार ५ सय ६० रुपैयाँको जगेडा कोष बनाएको सहकारीले १ करोड १३ लाख ४१ हजार ४ सय ७४ को पशु बीमा कोष र २० लाख ९७ हजार ९ सय २३ रुपौयाँ बराबरको शेयर सुरक्षण कोष बनाएको छ । करिब १ करोडको लागतमा ३ तलाको १८ कोठे व्यवसायिक भवन संचालन गर्दै आएको छ ।
पशुपालन, फलफूल तथा तरकारी खेती र बचत कारोबारमा सहकारी किसानको सारथी बन्दै आएको स्थानीयले बताए । सहकारी किसानको सारथी बन्दा स्थानीय महिलाहरू आयआर्जनमा जोडिएको यामबहादुर गुरुङले बताए । सहकारीको समन्वयमा उत्पादित वस्तुको बजारीकरणले थप सहजता मिलेको उनले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम ठगी गर्ने कान्तिपुर बहुउद्देश्यीय सहकारीका सचिव तातेड पक्राउ
साउन ४, २०८१ शुक्रबार
पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल
साउन १, २०८१ मंगलबार
‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’
असार २६, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
साउन १२, २०८१ शनिबार