नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्बभन्दा बढी शेयर कारोबार
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १६:१:३३
१४ मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।
कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता शेयर रु एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड ६७ लाख १२ हजार तीन सय बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु आठ करोड ४९ हजार चार सय एक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु पाँच करोड १९ लाख ४९ हजार एक सय ३१, सोल्टी होटल रु चार करोड ३९ लाख ७० हजार दुई सय दुई र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना पाँच दशमलव ६३, एनआइबीएल प्रगति फण्ड तीन दशमलव ८७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ५२, एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव ४१ र छिमेक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले कमाएका छन् ।
यस्तै विजय लघुवित्त, माउण्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो आठ दशमलव ८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार