बुधबार साँझदेखि जेटका सबै उडान बन्द
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १२:५४:३८
काठमाडौं । चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान बन्द भएका छन् ।
रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द भएका हुन् ।
१ सय १५ वटासम्म विमान भएको यो कम्पनीसँग बुधबार ५ वटा मात्रै जहाज थिए। भारतका ३७ वटा आन्तरिक तथा १९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको जेटको बुधबार राति अन्तिम उडान हुने भनिएको छ।
कम्पनीले ऋण चुक्ता गर्न नसकेपछी ऋणदाता र लगानीकर्ताहरुले जहाजहरु जफत गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। यसले विभिन्न वित्तिय निकायलाई ८ हजार करोड ‘भारु’ भन्दा बढी ऋण चुक्ता गर्नुपर्ने देखिन्छ। बुधबारसम्म आपतकालिन कोषकालागि रकम नजुटेपछि बाँकि ५ वटा विमान पनि लगानीकर्ताले जफत गर्न लागेको संचारमाध्यमले जनाएका छन्।
जेटले मुम्बई र दिल्लीबाट काठमाडौंकालागि दैनिक ५ वटासम्म उडान गर्थ्यो। तर, सोमबारदेखी यसले काठमाडौंकालागि हुने सबै उडान रोकेको छ। विमानस्थलका महाप्रवन्धक राज कुमार क्षत्रीका अनुसार, बैशाख २२ गतेसम्मकालागि यसले उडान रोक्का गरेको सूचना दिएको छ।
समस्याग्रस्त एयरलाइन्सले उडान रोक्नुको कारण भने खुलाएको छैन। मुम्बईमा मुख्यालय भएको जेटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ, पार्किङ, लगायतका सेवाको साढे ३ करोड हाराहारी बक्यौता बुझाउन बाँकी रहेको महाप्रबन्धक क्षत्रीले बताए।
सन् २०१८ मा जेट नेपालमा सर्वाधिक यात्रु ल्याउने नेपाल वायुसेवा निगमपछिको दोस्रो विमान कम्पनी हो। यस एयरलाइन्सबाट नेपाल आउनेमा पर्यटकहरु अत्याधिक पर्छन्। यसले चैत २१ गते नेपालमा टिकट बिक्री गर्ने सबै ट्राभल एजेन्टलाई इमेल गरी टिकट बिक्री नगर्न भनेको थियो। उक्त इमेलमा यस्ले उडान रोक्नुको कारण भनेको उल्लेख नगरेको एक ट्राभल एजेन्सीले जनाएको छ।
समाचार स्रोतका अनुसार जेटले ‘त्रिभुवन विमानस्थललाई ल्याण्डिङ, पार्किङ, लगायतका सेवाको साढे ३ करोड हाराहारी बक्यौता बुझाउन बाँकी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार