खोटाङको दुर्गम गाउँ बराहपोखरीमा निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १६:२३:४९
१४ मंसिर, खोटाङ । खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् ।
जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारीसाधनमा करिब आठ घण्टा लाग्दछ । यहाँका मानिस बिरामी भएर उपचार गर्नुपरेमा अझै पनि उदयपुरको गाईघाट, मोरङको विराटनगर वा काठमाडौैँमै धाउने गर्दछन् । बराहपोखरीबाट दिक्तेलभन्दा गाईघाट नजिक पर्छ तर कच्ची बाटो भएको र कोशी नदी तर्न झोलुङ्गे पुलमात्रै भएकाले उदयपुर तरेपछि अर्को गाडी चढ्नुर्छ ।
पूर्वाधार र सामाजिक विकासका दृष्टिले पछाडि परेको यस दुर्गम गाउँ बराहपोखरीका–१ मा जगतलाल गिरी प्रतिष्ठानले मङ्सिर १४ र १५ गतेका लागि सञ्चालन गरेको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब एक हजार दुई सयले सेवा लिएका छन् ।
शिविर सञ्चालनका लागि काठमाडौँबाट वरिष्ठ चिकित्सकसहित करिब ४० स्वास्थ्यकर्मीको टोली बुधबार राति बराहपोखरी आइपुगेको थियो । स्थानीय शङ्खेश्वरी माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा मुटुरोगतर्फ जन्मजात समस्या, मुटुको बाथरोग र शल्यक्रिया गरी औषधि सेवा गरिरहेका गरी करिब चार सयले जाँच गरेका थिए भने अन्य रोगतर्फ करिब आठ सयले परीक्षण गराएका छन् । अन्यतर्फ सामान्य रोग, स्त्रीरोग, चर्मरोग, दाँत, पेट र बालरोगका परीक्षण तथा गरिएको थियो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
वरिष्ठ अर्बुद रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल, सहिद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्ल, वरिष्ठ दन्त चिकित्सक अजय साहको नेतृत्व र सुपरीवेक्षणमा स्वास्थ्य जाँच गरिएको थियो । पैतीस वर्षदेखि प्यारालाइसिस भोगिरहेका र मुटुको समस्या भएका स्थानीयवासी सन्तोष तामाङले आफू मुटु जाँचका लागि टाढासम्म जान नसकिरहेका बेला शिविरबाट प्रत्यक्ष सुविधा पाएको अनुभव सुनाए । शिविरमा चार पाँच घण्टासम्मको पैदलयात्रा गरेर पनि मानिस आएका थिए । वरिष्ठ अर्बुदरोग विशेषज्ञ डा. बरालले दुर्गम क्षेत्रसमेत गरी आफूहरूले हालसम्म सयभन्दा बढी स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा र सचेतना दिएको जानकारी दिए ।
बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले कुनै बेला यस गाउँमा सिटामोलसमेत नपाइने अवस्थाबाट अहिले स्वास्थ्यचौकी र बर्थिङ सेन्टर सञ्चालन हुनुले स्थिति सुधारोन्मुख रहेको बताउँदै शिविरको सञ्चालनबाट निकै राहत मिलेको जनाए । उनले गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माणका लागि जग्गा पहिचान भइसकेको र नेपाल सरकारबाट यस वर्ष रु २० लाख बजेट विनियोजन भएकाले अब काम अगाडि बढ्ने बताए ।
दिवङ्गत जगतलाल बराहपोखरीमै जन्मिएकाले उनको स्मृतिमा स्थापित संस्थाले दुर्गम स्थानमा स्वास्थ शिविर सञ्चालन गरिएको प्रतिष्ठानका कोषाध्यक्ष एवं जगतलालका छोरा सुवोध गिरीले जानकारी दिए । प्रतिष्ठानका सदस्यसचिव अञ्जय गिरीले सीमित स्रोतसाधनका बीच विभिन्न संस्था र स्थानीय तहको सहयोगमा आफूहरूले शिविर सञ्चालन गरेको तथा जटिल रोग भई थप उपचार र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौँ वा अन्य स्थानमा लगेर पनि निःशुल्क सेवा दिने योजना रहेको बताए ।
बराहपोखरी –१ वडाध्यक्ष ढकबहादुर कार्कीले आफूहरूको दुर्गम गाउँमा वरिष्ठ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य जाँच हुनुले स्थानीयवासीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुगेको बताए । शिविरको सञ्चालनमा पूर्वप्रहरी नायब महानिरीक्षक उत्तम कार्की, स्थानीय युवा र विद्यार्थीले स्वयंसेवक भई सघाएको थियो ।
धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि भौगोलिक विकटताका कारण यस गाउँपालिकामा पूर्वाधार र सामाजिक विकासले गति लिन नसकेको देखिन्छ । यस गाउँमा गत वर्षमात्रै बिजली बत्ती बल्न थालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार
चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
जेठ ८, २०८१ मंगलबार