निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार ११:३५:४४
१५ मंसिर, काठमाडौं । मूल्य घट्ने सूचना बाहिरिएपछि बिहीबार बिहानै देखि सूचना पाएका पेट्रोलपम्पहरू नेपाल आयल निगमको डिपोबाट तेल भरेनन् । बिहीबार देशभरीका पम्पहरुमाथि करिब २० प्रतिशत मात्रै तेल गएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिदको नयाँ सूची आउने सबैले अनुमान गरिरहेका बेला निगमबाटै पेट्रोलपम्पहरूमा आज मूल्य घट्दैछ भन्ने सूचना पुगिसकेको थियो ।
यसैले अधिकांश पेट्रोलपम्पहरूले बिहीबार तेल भरेनन् । दिनभरीमा करिब २० प्रतिशत मात्र तेल आयल निगमको डिपोबाट गयो । ८० प्रतिशत तेल नउठेकाले निगम घाटामा गयो । निगमले पम्प व्यवसायीलाई प्रत्येक दिन बिहान खरिद गर्न चाहेको पेट्रोल–डिजेलको परिमाण बराबरको रकम भुक्तानी गर्न लगाएर मात्र तेल दिन्छ । जसकारण बिहान पैसा बुझाएका पम्प व्यवसायीले दिउँसो तेल पाउँछन् ।
बिहीबार भने बिहानदेखि नै मूल्य घट्ने आकलन गरी उनीहरूले तेल उठाएनन् । व्यवसायीको अनुमानअनुसार नै दिउँसो आइओसीले नयाँ मूल्य सूची पठाउँदा पेट्रोल २.१२ रुपैयाँ र डिजेल ४.०९ रूपैयाँ प्रति लिटर घटेर आयो । यसपछि सञ्चालक समितिको बैठक बसेर तेलको मूल्य घटाउने निर्णय गर्दा अबेर भइसकेको थियो । आज शुक्रबार बिहानैबाट पम्पहरुले तेल भर्न सुरु गरेका छन् ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल समान चार रूपैयाँ प्रति लिटरका दरले मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा पेट्रोल एक सय ७० रूपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६० रूपैयाँ प्रति लिटर कायम भएको छ ।
मंगलबारदेखि आयल निगम ऋण र बक्यौतालगायतका सबै दायित्वबाट मुक्त भएकाले यसपटक थोरै दरमा नाफा राखेर ठूलो अन्तरले मूल्य घटाउनुपर्ने दबाब थियो । निगमले ३१ असारदेखि लागू गरेको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८० अनुसार पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने व्यवस्था छ । निगमले ग्यासमा भने प्रति सिलिन्डर तीन सय रूपैयाँ नोक्सान खेपिरहेको छ ।
पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेका कारण आइओसीले ३० तारिख (बिहीबार)मा पठाउने मूल्य घटेर आउने पम्प व्यवसायीहरू जानकार थिए । त्यसैले उनीहरूले सामान्य अवस्थाको भन्दा न्यून तेल उठाएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । निगमका अनुसार बिहीबार देशभर मागको तुलनामा मुस्किलले २० प्रतिशत मात्रै पेट्रोलियम व्यवसायीले खरिद गरेका छन् ।
काठमाडौंमा पेट्रोल–डिजेल वितरण गर्ने आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहीबार एक सय ८७ किलो लिटर पेट्रोल र एक सय ७५ किलो लिटर डिजेल मात्रै बिक्री भएको छ । जबकि, सामान्य अवस्थामा काठमाडौंमा दैनिक पेट्रोल सात सय किलो लिटर र डिजेल आठ सय किलो लिटर खपत हुँदै आएको थियो ।
मूल्य घट्ने अनुमानका आधारमा देशको सबैभन्दा ठूलो डिपो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा पनि व्यवसायीले न्यून परिमाणमा तेल खरिद गर । अमलेखगन्ज डिपोबाट बिहीबार पेट्रोल ७५ किलो लिटर र डिजेल तीन सय ८० किलो लिटर वितरण भएको छ । जबकि, सामान्य अवस्थामा पेट्रोल तीन सय र डिजेल नौ सय किलो लिटरसम्म बिक्री हुने गरेको थियो ।
कोशीका व्यवसायीले पनि बिहीबार कुल मागको २५ प्रतिशत मात्रै इन्धन खरिद गरे निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरबाट बिहीबार पेट्रोल ५२ किलो लिटर र डिजेल एक सय ७२ किलो लिटर वितरण भएको छ । पूर्वमा दैनिक औसतमा दुई सय किलो लिटर पेट्रोल र पाँच सय किलो लिटर डिजेलको माग हुने गरेको थियो ।
लुम्बिनी प्रदेशका पेट्रोलपम्प व्यवसायीले भने बिहीबार एक लिटर पनि पेट्रोल खरिद गरेनन् । । डिजेल भने एक सय ९६ किलो लिटर खरिद गरेको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ । डिपोबाट सामान्य अवस्थामा दैनिक औसतमा साढे चार सय किलो लिटर पेट्रोल र आठ सय किलो लिटर डिजेलको माग हुने गरेको थियो । यसबाट सामान्य रुपमा हेर्दा पनि बिहीबार नबिकेर स्टक बसेको तेलमा घटाएको मूल्य बराबरको रकम निगमलाई घाटा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना संकलन गर्ने गुप्तचरका एसपीमाथि आर्थिक संकलन गरेको आरोप
साउन ७, २०८१ सोमबार
क्यासिनो खोल्न पर्यटन विभाग कै डीजी पण्डितको चलखेल, करोडौंको बार्गेनिङ
साउन ६, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
अर्थतन्त्र सुधार्न टालटुल गर्ने कि वास्तबिक समस्यासम्म पुगेर समाधान गर्ने ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाव
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार