पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १६:५१:३४
१५ मंसिर, परासी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पश्चिम नवलपरासीमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् । शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरूसँगको छलफलमा उनले पश्चिम नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताएका हुन ।
पश्चिम नवलपरासीमा एकलौटी रुपमा आयोजना गरिएको जिल्ला सम्मेलन संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरूले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरूसँग छलफल गरेका हुन् । पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरू रुष्ट बनेका छन् ।
जिल्ला सम्मेलनको उद्घाटन गर्न गएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरूसँग छलफल गरेका हुन् । उनले भने, ‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ । यी कुराहरू म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मास बेस पार्टी भएकाले यस्ता समस्याहरू आउँछन् । केन्द्रले केन्द्रीय सदस्यहरूलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोही नआए म आफै आएर पनि समस्या सुल्टाउँछु ।’
नेता कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरूलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गरे । ‘मेरो आग्रह छ कि तपाईहरु पनि हिँड्नुस् । सम्मेलनमा सहभागी हुनुस् । पार्टी एक ढिक्का भएको सन्देश पनि जान्छ,’ उनले भने, ‘जिल्लामा पार्टी एक ढिक्का भएको महसुस तपाईहरुले गराउनुपर्यो । निर्वाचन ८४ मै हुन्छ । ८४ बाट ८५ मा सर्दैन । मध्यावधिको पनि चर्चा सुरु भएको छ। तर त्यो सम्भावना छैन । हल्ला मात्रै हो । ८४ मै निर्वाचन हुन्छ । त्यसको तयारी पनि जिल्ला सम्मेलनले नै गर्छ ।’
उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरूलाई आग्रह गरे । तर नेताहरूले एकपक्षीय र विधान विपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मेलन बहिष्कार गरे । छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न। २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा ख का सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरू सहभागी थिए ।
उनीहरूले जिल्ला सम्मेलन पार्टीको विधान सम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको दावी गरेका छन् । साथै तल्लो तहबाट अधिवेशन नगराई एकै पटक कुनै छलफल बिनै जिल्ला सम्मेलन आयोजना गरिएको, जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य देवेन्द्र कँडेल र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग सल्लाह, सुझाव, परामर्श र निमन्त्रणा नगरेको उनीहरुको भनाई छ ।
साथै जिल्लास्थित पार्टीको भ्रातृसंस्थाहरुलाई पनि निमन्त्रणा नगरेको भन्दै जिल्लाका नेताहरूले पार्टी सभापतिलाई लिखित जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ
साउन ११, २०८१ शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री
साउन ११, २०८१ शुक्रबार
प्रदेश सभाले संसदीय दलको नेता परिवर्तन गर्न नमानेपछि रेशम चौधरीलाई लुम्बिनीमा धक्का
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार
पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
साउन १२, २०८१ शनिबार