भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार २०:५३:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_1_hQxfJyk8DX_5CODsOqRFr.jpg)
१६ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका दिनमा पार्टीलाई एकताबद्ध र बलियो बनाएर चलाउन नेताहरुसँग आग्रह गरेका छन् । उनले भाषण गर्न जति सजिलो पार्टी चलाउन नहुने बताएका छन् । उनले पार्टी चलाउने पालो आउने पुस्ताको भएको बताए ।
सभापति देउवाले आफूभन्दा अघि बोल्ने कांग्रेस केन्द्रीय सदस्यसहित पार्टीका अन्य नेतालेसमेत पार्टी एकताबद्ध नभएको, गुट र उपगुट बनेको, कार्यकर्तामा निराशा छाएको भनेपछि यस्तो बताएका हुन् । त्यसको जवाफ दिँदै सभापति देउवाले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने बताए ।
देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको भन्दै उनले बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । ‘चन्द्र भण्डारी जीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन,’ उनले भने, ‘पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला ।’
उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि दाबी गरे । ‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ ।’ काठमाडौं छिट्टै फर्कर्नु पर्ने भन्दै उनले महामन्त्रीद्वय र वरिष्ठ नेता शेखर कोइराला भन्दाअघि नै बोलेर हिंडेका थिए ।
देउवाले शेखर कोइरालाभन्दा अघि बोलेका थिए । त्यससपछि कोइरालाले नेतृत्वले त्याग गर्न सकेको अवस्थामा मात्रै हिंसा र निराशालाई अन्त्य गर्न सकिने बताए । उनले कांग्रेसका नेताहरुमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने दाबी समेत गरे ।
बुटवलमा शनिबारदेखि सुरु भएको कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा नेता कोइरालाले कांग्रेसलाई परिवर्तन गर्नका लागि पार्टीभित्र फैलिएको निराशाको अन्त्य गर्नु जरुरी रहेको र त्यो निराशा अन्त्य गर्न कांग्रेस नेताहरूमा त्यागको भावना आवश्यक देखिएको बताए ।
‘त्यागको ठूलो महत्त्व छ, बुद्धले शान्ति र त्यागको कुरा सिकाउनु भएको छ,’ कोइरालाले भने, ‘त्यागले हिंसा र निराशालाई अन्त्य गर्न सहयोग गर्छ, त्याग गर्न सक्यो भने कांग्रेस परिवर्तन हुन्छ र कांग्रेस परिवर्तन भयो भने देश पनि परिवर्तन हुन्छ ।’ उनले कांग्रेसले गल्ती कहाँ ग¥यो र हामी कहाँनिर चुक्यौं भन्ने विश्लेषण गरेर सुधारको बाटोमा अघि बढ्नु पर्ने अहिलेको जिम्मेवारी रहेको बताए ।
नेता कोइरालाले देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे । ‘भ्रष्टाचार र दण्डहीनताको अन्त्य नभएसम्म नयाँ नेपाल सम्भव छैन, राजनीतिज्ञकहरूकै मिलेमतोको भ्रष्टाचार अहिलेको मुख्य समस्या हो । त्यसको निर्मूल हुनै पर्छ,’ उनले भने ।
नेता कोइरालाले २०८२ सालमा पार्टीको अधिवेशन गर्न नसके पार्टीले थप पराजय बेहोर्नुपर्ने बताए । ‘कांग्रेसले २०८२ मा पार्टीको महाधिवेशन गर्न सके र एक ढिक्का भएरअघि बढ्न सकेमा अबको कुनै चुनावमा कसैको साहरा लिनु नपर्ने उनले बताएका थिए ।
सभापति देउवा अघि कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डाक्टर चन्द्र भण्डारी, दीपक गिरी, पुष्पा भुसाल लगायतले बोलेका थिए । बोल्ने बक्ताले कांग्रेसमा दुई समूहका पक्षमा आक्रोस व्यक्त गरेका थिए । राठौर, गिरी र भुसालले संस्थापन पक्षको बचाउ गरेका थिए ।
भण्डारीले पार्टी एक हुन नसकेको, गुट, उपगुट र परिवारजन देखिएको बताएका थिए । त्यसरी पार्टी चल्न नसक्ने भन्दै खराव कामको स्वमित्व कांग्रेसले लिन नसक्ने भन्दै उनले अबको नेता शेखर नै भएको बताएका थिए । सभापति देउवाले त्यसकै जवाफ दिँदै पार्टी एकताबद्ध र बलियो हुने विश्वास व्यक्त गर्दै त्यस्तो बनाउने शुभकामना भण्डारीलाई दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ
साउन ११, २०८१ शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री
साउन ११, २०८१ शुक्रबार
प्रदेश सभाले संसदीय दलको नेता परिवर्तन गर्न नमानेपछि रेशम चौधरीलाई लुम्बिनीमा धक्का
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार