सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १२:११:४७
१९ मंसिर, काठमाडौं । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएको बताएका छन् ।
उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् । उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।
उनलाई सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराएर बयान लिइने छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो । भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।
अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।
दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण, भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिले जनाएको छ ।
मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । आयोगले मंगलबार राहुल महरासँग बयान लिँदै छ । बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य एघार सयले घट्यो, प्रतितोला कति ?
बैशाख २१, २०८१ शुक्रबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
बैशाख २०, २०८१ बिहिबार
सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार