नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १५:२५:२०
दीपक शर्मा
२० मंसिर, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर प्रहरी भर्तीमा आफूले चाहेको व्यक्तिलाई राख्नका लागी चोर बाटो अपनाएको पाइएको छ । नगरपालिकाले एक जना नगर प्रहरी हवल्दारको माग गरेर सूचना सार्वजनिक गरेको र भर्ना गर्ने बेलामा २ जनालाई भर्ना गरेको पाइएको हो ।
पालिकाले २०८० श्रावण ९ गते करारमा नगर प्रहरी भर्ना सम्वन्धि सूचना प्रकाशित गरेको थियो जसमा नगर प्रहरी नायव निरिक्षक १ जना, नगर प्रहरी सहायक निरिक्षक १ जना , नगर प्रहरी हवल्दार १ जना र नगर प्रहरी जवान ९ जना गरी १२ जना नगर प्रहरी भर्नाको लागी सूचना निकालेको थियो । खुल्ला प्रतिस्पर्धा बाट लिइने भनिएको भर्नामा बैकल्पिकका रुपमा रहेका व्यक्तिलाई समेत छनौट गरी नगर प्रहरी हवल्दारमा २ जनालाई नियुक्ति गरिएको छ ।
सूचनामा एक जना माग भएपनि २ जनालाई राखेकोमा नगरपालिका प्रति प्रश्न चिन्ह खडा भएको छ । स्रोतका अनुसार नगर प्रहरी हवल्दारमा वैकल्पिकमा नाम निस्किएका व्यक्तिलाई पालिकाले पहिलै जागीर दिने आश्वासन दिएको थियो । पालिकाले चोर बाटो समाउदै दोस्रो पटकको सूचना लुकाउदै हवल्दार पदमा २ जनालाई भर्ना गरेको हो ।
यस विषयमा बुझन खोज्दा प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले पहिले प्रकाशित भएको सूचनामा १ जना प्रहरी हवल्दार मागिएको पछि कार्यपालिकाको बैठकबाट थप एक जना माग गरिएकै कारण २ जना भएको बताए । यसै गरी ठाकुरबाबा नगरपालिकाका प्रवत्ता रामरानी थारुले सो निर्णय अनुसार नै भएको दावी गरे । पालिकाले पहिले नै आश्वासन दिएको मान्छे राख्नका लागी कर्मचारी , जनप्रतिनिधिले चोर बाटो अपनाउँदा ठाकुरबाबा नगरपालिकाकाले नगरवासीलाई प्रदान गर्ने सेवा सुविधाका विषयमा समेत खोतल्नुपर्ने बेला आएको स्थानीयबासीहरु भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा
साउन ११, २०८१ शुक्रबार
धुलिखेल नगरले १ हजार ८ सयलाई रोजगारमूलक तालिम
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार