देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार २०:५३:४५
२० मंसिर, गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतासँग बहुमत मागेका छ् । उनले एमालेलाई सरकारबाट हटाएर देशलाई दुर्दशामा पुर्याइएको भन्दै एमालेबाहेक अरुले यो देश बनाउन नसक्ने भएकाले बहुमत दिनुपर्ने बताएका छन् ।
एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत गुल्मीको मुसिकोटमा आयोजित सभामा उनले सरकारबाट एमाले बाहिर भयो भने २ वर्षभित्र देश कंगाल हुँदोरहेछ, देश बर्बाद हुँदैछ भन्दै त्यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिने बताए ।
ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताए । राष्ट्रियता, आर्थिक हिसाबले नाजुक अवस्थामा देश रहेको बताए । अर्थतन्त्र ध्वस्त भइरहेकोले अहिले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन राष्ट्र ऋण उठाउनुपर्ने अवस्था देशमा आएको उनको भनाइ छ ।
रोजगारीका अवसरहरू गुमेकाले, उद्योगधन्दा बन्द हुँदै गएकाले, नयाँ उद्योग नखुलेकोले देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ’, उनले भने, ’हामी व्यापार घाटामा छौं । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौं । देशमा भ्रष्टाचार व्याप्त छ । कमिसन तन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरूलाई फेर्न अब हामीले ढिलो गर्नु हुँदैन ।’
अध्यक्ष ओलीले भूकम्पपीडितका लागि सरकारबाट पर्याप्त काम नभएको समेत आरोप लगाए । ’हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीडितहरुको सकेसम्म छिटो व्यवस्थापन गरियोस्, पुनर्निर्माण गर्ने र उहाँहरूलाई पुनः बसोबास गराउने काम अविलम्ब सरकारले गरोस, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
भोटेकोशीमा खसेको बोलेरोका चालकको शव सुनकोशीमा भेटियो
असोज १, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
असोज १, २०८१ मंगलबार
आज विश्वकर्मा पूजा मनाइँदै [ फोटो फिचर ]
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजा दिन विद्यालयको बस पूजा गरिँदै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजाका दिन गङ्गबुस्थित नयाँ बसपार्कमा सवारीसाधनमा पूजा गर्दै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा बाबाको मन्दिरमा सवारीसाधनको पूजा गर्दै सर्वसाधारण
असोज १, २०८१ मंगलबार