बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार २१:१७:१९
२० मंसिर, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएकी हुन् ।
सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मंगलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्। उनले भनिन, “आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ ।”
रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी ललिएको चदाराले बताइन्। उनीसँग अरु कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माएकी उनको भनाइ थियो ।
रोकायाका यसअघि एक छोरा र एक छोरी छन् । उनले तीनै सन्तान बाटोमै जन्माएकी छन् । बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन् । केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन् ।
“जिल्लाको गौमूल गाउँपालिका–३ माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१ बामुकी नानी रोकाया, हिमाली–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलागयत पनि स्वास्थ्य संस्था जाँदै गर्दा व्याथा लागेपछि बाटोमै नवजात शिशु जन्माएका केही उदाहरण हुन्”, रुगिन चौकीमा कार्यरत बिमला पाण्डेले भनिन । उनले यी केही उदाहरण मात्र भएको जनाउँदै बाजुराका दुर्गम गाउँका बाटो र घरमा सुत्केरी हुनेको सङ्ख्या धेरै रहेका बताइन् ।
बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए। सुत्केरी भएको बेला आराम नगर्ने, पोसिलो खानेकुरा नखाने, कडा परिश्रम गर्नेलगायत कारणले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उहाँले बताए ।
बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिना एकदेखि दुईजना महिला बाटोमै सुत्केरी हुने गरेका खड्काले जानकारी दिए । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उनको भनाइ थियो ।
बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको खड्काले बताउनुभयो । कडा परिश्रम, धेरै र कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार