गुपचुपमा सिफारिस, बिधिमा सम्माननीयहरुको मनपरी
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १७:२१:३७
२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेयको नियुक्ति सिफारिस विवादमा रहेका बेला बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । पाण्डेको सिफारिसमा विधि नमिलेको र भरतराज गौतमको राजीनामा प्रक्रियामा कैफियत देखिएको भन्दै यो विषय यतिबेला विवादमा छ ।
रित नपुगी संसद सचिवालयको महासचिवमा पाण्डेको सिफारिसलाई राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षको मिलि भगतबाट भएको बिधि उल्लंघनमा राष्ट्रपति कार्यालय फेरी विवाद तानिएको छ । गौतमको राजीनामा स्वीकृत गरेका राष्ट्रपति पौडेलले पाण्डेको नियुक्ति भने गरेका छैनन् । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई बुधबार नै कार्यवाहक महासचिव तोकेका थिए ।
प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ । गौतमको राजीनामापछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरिसकेका थिए ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन बिधि मिचिएको स्पष्ट छ । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले महासचिवमा पाण्डेयलाई सिफारिस गरेको पत्र राष्ट्रपति कार्यालयमा छ । गौतमले राजीनामा गरेको सूचना जारी नहुँदै संसद् सचिवालयले नयाँ सिफारिस गरेको हो । सिफारिस गरिएका व्यक्ति हाल पदमै रहेको र त्यसलाई नियमित प्रक्रियामा पठाउनुको सट्टा सभामुख र अध्यक्षले नै बोकेर आएको कुरालाई राष्ट्रपति कार्यालयले अध्ययन नै नगरी नियुक्ति दिने तयारी गरेको छ ।
महासचिव गौतमले राजीनामा दिएको र उक्त पद रिक्त भएको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिन नपाउँदै सभामुख र अध्यक्ष नयाँ महासचिवको नाम बोकेर शीतल निवास पुग्नुको हतारोलाई गम्भिर रुपमा लिएको समय छ यतिबेला । महासचिव गौतमको राजीनामा स्वीकृत नभई संसद् सचिवालयले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गर्नु पनि बिधिसम्वत देखिएको छैन् ।
महासचिवको पद खाली नभई महासचिवमा बहाल सचिव पाण्डेयको नाम सिफारिस गर्दाको प्रक्रिया नै मिलेको नमिलेको प्रष्ट छ । संसद्को महासचिव सचिवबाट बढुवा हुने पद होइन । हालका सचिवलाई महासचिव बनाउने हो भने सचिवबाट राजीनामा गराएर मात्रै सिफारिस गर्नुपर्ने हुन्छ । यसमा सभामुख र राष्ट्रियसभा अध्यक्ष चुककै थिए भने राष्ट्रपति पौडेल पनि मिसिन पुगेका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सभामुखले प्रतिनिधिसभा र राष्ट्रियसभा वा सचिवालय सचिवमध्येबाट एक जनालाई महासचिवको काम गर्नका लागि राष्ट्रियसभा अध्यक्षसँगको परामर्शमा तोक्न सक्ने व्यवस्था छ । नियमावलीको दफा २ (ढ) मा भनिएको छ, ‘महासचिव भन्नाले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त संघीय संसद्को महासचिव सम्झनुपर्छ र सो शब्दले महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा तोकेको सचिव वा सचिवालय सचिवलाई समेत जनाउँछ ।’ वरीयतामा सबैभन्दा माथि हुने भएकाले प्रतिनिधिसभा सचिवलाई नै कार्यवाहक महासचिवको जिम्मेवारी दिने अभ्यास संसदमा छ ।
महासचिवमा पाण्डेयको सिफारिस प्रक्रिया र उनको संसद्सम्बन्धी अनुभवलाई लिएरसमेत प्रश्न उठेको छ । संसद्का उच्च पदस्थ कर्मचारीहरूले त महासचिव सिफारिस हुँदा आफ्नो दाबी प्रस्तुत गर्न नपाएको, जानकारीसम्म नदिइएको भन्दै असन्तुष्टि जाहेर गरेका छन् । पाण्डेय नायब महान्यायाधिवक्ता पदमा कार्यरत रहेको अवस्थामा प्रतिनिधिसभा सचिवमा नियुक्त भएका थिए ।
यसअघि संसदमा लामो समय काम गरेका अधिकारीहरूलाई नै महासचिव नियुक्त गरिएको थियो । महासचिवबाट राजीनामा दिएका गौतम २०५२ सालमा संसद् सेवामा प्रवेश गरेका हुन् । उनी तल्लो तहबाट संसद् सेवा प्रवेश गरेर महासचिवको जिम्मेवारीमा पुगेका थिए । त्यसअघिका महासचिव मनोहरप्रसाद भट्टराई पनि शाखा अधिकृतबाट संसद् सेवा प्रवेश गरेर उक्त पदमा पुगेका हुन् ।
महासचिवमा सिफारिस भएका पाण्डेयसँग कानुन र व्यवस्थाबारे ज्ञान भए पनि संसदीय अभ्यासको जानकारी छोटो रहेको छ । आन्तरिक रूपमा बिस्तारै प्रमोसन हुँदै क्षमताका आधारमा माथिसम्म पुगेका मान्छे अरु पनि छन् । अर्को तर्फ महासचिवले राजीनामा नै अप्रत्याशित छ । यो विषयले संसद्को कर्मचारीतन्त्रमा सभामुख र अध्यक्षले राजनीतिक हस्तक्षेप गरेको भन्दै असन्तुष्टि बढेको छ ।
२०८१ भदौ ३ मा कार्यकाल सकिन लागेका महासचिव गौतमलाई राजीनामा गराएर पाण्डेयको सिफारिस गरिएको हो । महासचिवबाट गौतमको राजीनामा र तत्कालै सभामुख र अध्यक्षबाट भएको नयाँ महासचिव सिफारिसलाई गम्भीर रूपमा हेरिएको छ । महासचिवको राजीनामा र नयाँ सिफारिसका गतिविधि प्रथम दृष्टिमा हेर्दा अप्रत्याशित, अस्वाभाविक र असामयिक देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार