चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १६:२७:१५
२८ मंसिर, बाँके । वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो ।
सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताए । “यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यसपटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवर्द्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ”, उनले भने ।
निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरुलाई कसरी पु¥याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ । “बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्र्धन गर्नु सेनाको पनि दायित्व हो”, उनले भने, “सो अवसरमा पर्यटकीय भू–भागबारे स्थलगत अध्ययन गरिएको थियो ।”
दाङ, सल्यान र बर्दियाका भू-भागलाई छुने निकुञ्जमा धेरै घाँसे मैदान छन् । उक्त चुरे भ्रमणमा श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापासँगै प्रमुख सेनानी रोजेश खत्री, प्रमुख सेनानी दीपक गुरुङ र अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काको सैन्य टोली संलग्न थियो ।
सेनाका अधिकारीहरुले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरूको पनि स्थलगत निरीक्षण गरेका थिए । निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो । टोलीमा संलगन पर्यटन व्यवसायी कृष्ण चौधरीले निकुञ्जभित्रको चुरे पर्वत शृङ्खला एक दिने पदयात्राका लागि प्रख्यात मानिएको बताए । “पर्यटकहरुले चुरेमा पदयात्रा गर्दा हिमाल चढेको महसुस गर्छन्”, उनले भने ।
चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई रु एक हजार शुल्क र विदेशी पर्यटकका लागि रु एक हजार सात लिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार