डोटीका भूकम्प पीडितको आवास निर्माणमा मुकदर्शक स्थानीय तह, निरीह सरकार माथि सर्वसाधारण आसैआशमा
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १२:४७:२६
दिपक विष्ट
२९ मंसिर, डोटी । भूकम्पले घर भत्काएको १ वर्ष भन्दा बढी हुँदा समेत डोटीका पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँ पीडितको आवास निर्माण अझै सुरु हुन सकेको छैन । २०७९ कात्तिक २३ गते राति २ बजे खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्पका जाँदा गैरागाउँका अधिकांश घर क्षतिग्रस्त भएका थिए । साथै गैरागाउँले ६ जना ब्यक्ति गुमाउनु गरेको थियो ।
भूकम्प गएको एक दुई हप्तासम्म राजनीति दलका आश्वासन र सङ्घ संस्थाका राहतले न्याय पाएका पीडितले त्यस यता निरन्तर आवास निर्माणको सर्घष गरी रहेका छन् । भूकम्पले बढी प्रभावित भएको गाउँमा समेत आवास निर्माणले सुरुवात समेत पाएको छैन । सो क्षेत्रका भूकम्प पीडितले गत वर्ष पुष माघको चिसो खुल्ला आकाश र पाल मुनि बिताए पनि अझै आवास निर्माण हुन सकेको छैन ।
पुनः चिसोको महिना सुरु भएको छ । चिसोले बालबालिका र वृद्धिले निकै कठिनाइ भइरहेको गैरीगाउँका स्थानीय गणेश बोहराले बताए । ‘गत वर्ष पनि चिसो अनि असिनालाई छल्दै बितायौ फेरी चिसो सुरु भइसक्यौ खप्तड राष्ट्रिय निकुञ्ज तिर हिउँ पर्ने सुरु भइसक्यो उनले भने, –‘हामी त जसो तसो कटाउला तर वृद्धि र बालबालिका लागि कसरी बचाउने होला हजुर ।’
स्थानीय सरकार आवास निर्माणका लागि केन्द्र सरकारसँग बेला बेला गुहारेको भए पनि केन्द्र सरकार आश्वासन मै सीमित बनेको छ । अहिले सो क्षेत्रका पीडित आफ्नो सरकार नै नभएको गुनासो गर्छन् । ‘हाम्रो आफ्नो भन्ने त कोही छैन चुनाव लागेको बेला हुनाले घर घरमा आएका नेता अहिले फर्किएर हेरेका छैन चिसोबाट गत साल त बालबालिका र वृद्धि बचायौ खै अब कसरी बचाउने’ स्थानीय पीडित कल्पना बोहराले भने ।
लामो समय हुँदा समेत स्थानीय सरकार भने आश्वासन मै सीमित बनेको छ । प्रत्येक दिन भूकम्प पीडितले आफ्ना आशलाग्दा अनि जायज माग राख्दा गाउँपालिका भने निरीह भने स्थानीय हर्क बोहराले बताए । ‘१ वर्ष बित्ती सक्यो तर स्थानीय सरकार भने समन्वय गर्दै छौ अब अर्का महिनादेखि सुरु गर्छौ भन्दै कुरा आलटाल गर्ने लागेको व्यस्त छ’ – हर्कले भने । पीडितको घाउमा मलम लगाउनुको साटो आश्वासनले स्थानीय सरकारले अझ पिडा दिएको स्थानीयका गुनासा रहेका छन् ।
स्थानीय सरकार भन्छ केन्द्र र प्रदेशले सहयोग नै गरेन, प्राविधिक पनि आएनन् !
गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय भने अस्थायी टहरा, तथ्याङ्क सङ्कलन र बजेटको सुनिश्चितता गर्न नै एक वर्ष लागेको बताएछन् । ‘भूकम्प पीडितको अस्थायी टहरा बनाउन, कति घरमा क्षति भएको छ भनेर तथ्याङ्क सङ्कलन गर्ने, बजेटको सुनिश्चितता गर्ने र पुनर्निर्माण टोली आउन ढिलाइले एक वर्ष बितेको हो, उपाध्यायले भने, – ‘भूकम्प पीडितको राहतको लागि गाउँपालिकाको कोषमा ८० लाख रुपैयाँ रहेको छ अहिले पुनर्निर्माण गर्ने टोली तालिममा रहेको कारण समेत ढलाई भएको हो ।’
करिब २१६ घरहरू निर्माण गर्नु पर्ने भएकाले उक्त बजेट कम उनले अध्यक्ष उपाध्यायले बताए । यो बजेट कम हुने भएकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी रहेको उनले बताए । उनले भने, ‘आज मात्र जिल्ला सभामा बजेटको बारे कुरा गरेको छु प्रदेशसँग माग गरी रहेका छौँ । चिसो बढी रहेको हुँदा सक्दो छिटो भूकम्प प्रतिरोधक घर बनाउन लागि रहेको छु ।’प्राविधिकहरू तालिममा भएको हुँदा अबको केही दिन भित्र आवास निर्माणको कार्य अघि बढ्ने उपाध्यायको तर्क छ ।
यता वडा न ३ का वडा अध्यक्ष खड्क धामी भने केन्द्र र प्रदेश सरकारबाट बजेट नपाउँदा पुनर्निर्माण रोकिएको बताए । ‘भूकम्प गएको एक वर्ष भन्दा बढी भइसक्यो काम भएको केही छैन । न प्रदेशले हे¥यो न सङ्घीय सरकारले हे¥यो’ – ‘उनले भने, गाउँपालिकाले ८० लाख छुटाएको छ तर हामी केन्द्र र प्रदेशको पर्खाइमा छौँ’
अब गाउँपालिकाले बढी प्रभावित क्षेत्रमा आवास निर्माणका लागि काम सुरु गर्ने बताए । अबको केही दिन मै प्राविधिक टोली जान्छ र मानवीय क्षति भएको क्षेत्रमा बस्ती निर्माणमा कार्य सुरु गर्ने छौ यही क्षेत्रमा ४५ घर निर्माण गर्नु पर्ने देखिएको छ । अहिलेलाई यो बजेटले ४÷५ वटा मात्र घर बन्ने देखिन्छ ।
प्रदेश पनि स्थानियको पिडामा मुखदर्शक
डोटीका भूकम्प पीडितको आवास निर्माणका लागि प्रदेश सरकारले समेत अभिभावकिय भूमिका खेल्न सकेको छैन । भूकम्प गएको लामो समय हुँदा समेत प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्ने सकेको छैन ।
डोटी क्षेत्र न १ का प्रदेश सांसद चक्र मल्ल भने आफूले पहल गरी रहेको भए पनि सुनुवाइ हुन नसकेको बत्ताउँछन् । बजेटमा समेत भूकम्प पीडितका आवास निर्माणका लागि कुनै कार्य गर्ने नसक्नु मल्ल चुकेको स्थानीयहरूको आरोप गरेको छ । आफू प्रतिपक्ष भएका कारण प्रदेशमा उठाइ रहेका माग सत्तापक्षले पुरा नगरेको उनको तर्क थियो ।
तर, जनताको प्रतिनिधिले प्रतिपक्ष र सत्तापक्ष भने अल्झिनु नाटकीय खेल भएको स्थानीयको आरोप छ । ‘भूकम्प गएको बेला चुनाव नजिकिएको थियो मल्ल सर हाम्रो गाउँमा आए आश्वासनले हामीलाई मक्ख गराए’ गैरीगाउँका एक स्थानीयले भने,– ‘खै चुनाव जितेपछि त न हाम्रो आवासका लागि अभिभावकिय भूमिका खेलेका छन् । नत हामी चिसोमा पिरिलिँदा हाम्रो दुःख नै बुझेका छन् ? ‘
केन्द सरकारले समेत भुकम्प पिडितको माग सम्बोधनका लागि कुनै पनि पहल गरेको छैन । लामो समयसम्म आवास नबन्दा पिडामा रहेका सर्वसाधारणका लागि केन्द्रबाट एक रुपैयाँ बजेट जान सकेको छैन । डोटीका संघीय सांसद प्रेम आले मगरले पनि यस विषयमा चासो नै नदिएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार