स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १५:२२:२८
१ पुस, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पु¥याएको स्थानीयको भनाइ छ ।
पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौं–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण आउने गरेको पाइएको छ । प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्वार गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए । उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ ।
मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विधिअनुसार पूजा गरी गजुर पुनःप्रतिस्थापन गरिएको हो । चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो ।
संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपस्वी बुद्ध आएको बौद्ध धर्मावलम्बीको विश्वास छ । मन्दिर तथा त्यस वरपर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक यस मन्दिरको अवलोकन गर्न आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार