५१ हजार भन्दा माथि पुग्यो डेंगी संक्रमितको संख्या
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १४:२८:५
२ पुस, काठमाडौं । गर्मीयाममा महामारी बनेको डेंगी संक्रमण योवर्ष मध्य जाडोमा समेत देखिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार डिसेम्बरका १५ दिनमा २९१ जनामा डेंगी पुष्टि भएको छ ।
नोभेम्बरमा दुई हजार १२२ जनामा संक्रमण देखिएको थियो । संक्रमण ३३ जिल्लामा देखिएको बताइएको छ । योसँगै जनवरीयता १५ डिसेम्बरसम्म संक्रमितको संख्या ५१ हजार २४३ पुगेको छ । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै डिसेम्बरमा ४४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । डिसेम्बरमा दैनिक एकजनाभन्दा बढी संक्रमित देखिनेमा काठमाडौं, झापा, कास्की, तनहुँ, गोरखा, चितवन, पाल्पा, लमजुङ र कैलाली छन् ।
गत वर्ष (सन् २०२२) मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै मानिस डेंगी संक्रमित भएका थिए । त्यतिबेला ५४ हजार ७८४ जना संक्रमित भइ ८८ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार