एनसेलले प्राधिकरणलाई बुझायो शेयर पर्चेज एग्रिमेन्ट
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १९:४०:३१
४ मंसिर, काठमाडौं । एनसेलको आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको शेयर खरिद सम्झौताको दस्तावेज नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।
एनसेलले बुधबार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्ने बारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने । गएको २९ सेप्टेम्बर २०२० (१२ असोज २०८०) मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो ।
त्यसबारे कम्पनीले कुनै पनि जानकारी दिएको थिएन । १३ मंसिरमा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको शेयर बिक्रीमा राखेको जनाएको थियो । त्यसको दुई दिनपछि १५ मंसिरमै आजियाटा र बेलायतमा दर्ता भएको सतिशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेबीच सेयर खरिद बिक्री भएको जानकारी आजियाटाले गराएको थियो ।
एनसेलले शेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता पौडेलले बताए । एनसेलको मुख्य कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो । खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादित बनेको छ ।
एनसेलको ८० प्रतिशत शेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ । मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो ।
आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो । यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार