मौसम बदली : पहाडी भूभागमा हुरीबताससहित मेघगर्जनको सम्भावना
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १३:१७:५८
काठमाडौं । देशैभर अहिले यो वर्षको मनसुन अघिको प्रिमनसुन सक्रिय देखिएको छ । गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्छ । तर यो वर्ष बिहान र दिउँसो पनि पानी परेको छ ।
महाशाखाका अनुसार काठमाण्डौमा सामान्यतया अप्रिल महिनामा ६१ मिलिमिटर पानी पर्ने गर्छ । यसपाली भने १८ दिनमै ५४ मिलिमिटर पानी परिसकेको छ ।
यस्तै ताप्लेजुङमा १५० दशमलव ८ मिलिमिटर पानी पर्नुपर्नेमा ९४ दशमलव ७० मिलिमिटर, पोखरामा ७२ दशमलव ४० मिलिमिटर, जनकपुरमा ८६ दशमलव १० मिलिमिटर पानी परिसकेको छ ।
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको मिश्रणले यसपाली मनसुन अघिको अवस्थालाई सक्रिय बनाएको हो ।
आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन् । अरु ठाउँको मौसम भने सफा हुनेछ ।
यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार