भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १४:३०:४८
भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् ।
घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् ।
त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पु¥याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिए । हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पु¥याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।
स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पु¥याइएको थियो ।
बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो । रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार