कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १६:९:१४
बेझाड । कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो ।
निजी सङ्घ संस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक हुन लागेको हो । जलयात्रामा करीब १५० सहभागी हुने बताइएको छ ।
आज पाल्पा र स्याङजाको सिमाना राम्दी मालुङ्गादेखि भुजात सिद्धबाबासम्म र शनिबार भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा निकालिने भएको छ । कालीगण्डकीको गरिमा बचाउँदै यस नदीलाई पर्यटन विकास गरी विश्वसामु चिनाउन जलयात्रा गर्न लागिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।
राम्दी मालुङ्गादेखि पुट्टारघाटसम्म हुने जलयात्रामा १८ देखि २० वटा ¥याफ्टिङ डुङ्गा एकैसाथ सञ्चालनमा ल्याइने नगरप्रमुख थापाले बताए । कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञसहितको टोलीले कालीगण्डकीमा यसभन्दा अगाडि सफल परीक्षण गरिसकेका छन् ।
आज राम्दीको मालुङ्गाधामदेखि भुजात सिद्धबाबासम्म जलयात्रा हुने र आजै अपराह्न भुजात सिद्धबाबामा आएर समापन कार्यक्रम हुनेछ । दोस्रो दिन शनिबार भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा हुनेछ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेकाले पनि पर्यटन विकास गर्न कालीगण्डकीमा जलयात्रा गर्न लागिएको नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।
कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउने, विश्वभर कालीगण्डकीलाई चिनाउने, नदी र जीवनको महत्व जोडिने भएको हुँदा यसको उपयोग गरी आम्दानी गर्ने बाटो सिर्जना गर्ने उद्देश्यले जलयात्रा गर्न लागेको कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए ।
जलयात्राका लागि करीब रु १५ लाख जति रकम खर्च हुने अनुमान गरिएको छ । कालीगण्डकीलाई पारिवारिक तथा धार्मिक पर्यटनका लागि जलयात्रा अति उत्तम मानिन्छ । कर्णाली प्रदेशमा भएको तेस्रो नदी शिखर सम्मेलनले पनि अबको दुई वर्ष भित्रमा कालीगण्डकीमा चौथो नदी महोत्सव आयोजना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
शालिग्राम पाइने नदीका नामले समेत प्रख्यात यस नदीमा नियमित जलयात्रा गरेर आम्दानीको स्रोत प्रशस्त लिन सकिने सम्भावना रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।
तीन महीनाअघि रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा चलेको दोस्रो रामपुर महोत्सवका अवसरमा निकालिएको जलयात्राको परीक्षण सफल भएपछि पुनः नदीको महत्वलाई बचाइ राख्न र कालीगण्डकी बेँसी क्षेत्रको पर्यटन विकासका लागि जलयात्रा गरिने भएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार