हिमालयन रिको आईपीओ बाँडफाँट
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १२:२०:५२
११ पुस, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् भने बाँकीले ३० कित्ताका दरले पाएका छन् ।
आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएकोमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृति भएको थियो । आवेदन स्वीकृत भएका यी सबैले शेयर पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार